News Category 2073/03/23
पूर्व सभासद् हकको हत्यामा संलग्न श्रीमती, छोरीसहित तीन जनालाई जन्मकैद
दैनिक समाचारदाता
राजविराज, २२ असार ।
सप्तरी जिल्ला अदालतले विघटित पहिलो संविधानसभाका सप्तरी क्षेत्र नं. ५ बाट निर्वाचित सभासद् सदरुल मियाँ हकको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको फैसला सुनाएको छ भने उक्त घटनामा संलग्न अन्य दुई जना फरार रहेका छन् ।
हत्या भएको तीन वर्षपछि जिल्ला न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलाशले हककी श्रीमती ५२ वर्षीया नुरजहाँ खातुन र छोरी २१ वर्षीया रुबेदा खातुनलाई जन्मकैदको फैसला गरेको छ ।
यस्तै हत्यामा संलग्न मुख्य आरोपी लहान नगरपालिका ५ निवासी ४० वर्षीय अब्दुल रउफलाई सर्वस्वसहित जन्मकैदको फैसला भएको श्रेस्तेदार नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि सप्तरी जिल्ला अदालतका तत्कालिन जिल्ला न्यायाधीश किरण शिवाकोटीको एकल इजलासले हककी पत्नी नुरजहाँ, छोरी रुबेदा र लहानका अब्दुल रउफलाई पूर्पक्षका लागि राजविराज कारागार चलान गरिएको थियो ।
२०७० साल जेठ ६ गते राती पूर्व सभासद मियाँको जिल्लाको कल्याणपुर गाविस २ विषणपुरस्थित उनको आफ्नै पेट्रोलपम्पको माथिल्लो तल्लामा सुतिरहेको अवस्था धारिलो हतियार प्रयोग गरी विभत्स तरिकाले हत्या गरिएको थियो ।
हत्याको १८ दिनपछि २०७० साल जेठ २४ गते केन्द्रिय अनुसन्धान व्यूरो (सिबिआई) ले पूर्व सभासद् मियाँको हत्या उनकै श्रीमति र छोरी मिलेर गराएको तथ्य सार्वजनिक गरेको थियो ।
सिबिआईले हत्याको योजना बनाउने आमाछोरी र हत्यामा संलग्नमध्येका अब्दुललाई सार्वजनिक समेत गरेको थियो । तर, हत्यामा संलग्न भएका मध्ये सिरहाको चतुरी २ का ऐनुल शेख र लहानका जमिरुल शेख अझै फरार रहेका छन् ।
सिआइबीका तत्कालिन डिएसपी दिनेश आचार्यले पत्रकार सम्मेलनमा पारिवारिक कलह र छोरीको प्रेम प्रसङलाई नै घटनाको मुख्य जडो सहितको प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । तर, पछिल्लो समयमा खुलेका केही तथ्यहरुसँग घटना घटाउन केही विदेशी नागरिकको समेत संलग्नता रहेको आफन्तजनहरुको भनाई छ ।
जाली नोटका कारोवारी बंगलादेश नागरिक सुव्रोत बेन र जाली नोटकै कारोबारीमा संलग्न रहेका एनुल शेखबीच मित्रता रहेको श्रोतको भनाई छ । सदरुल र सुव्रोतबीच पनि चिनजान रहेको र उहाँको हत्यामा एनुलको सक्रियता पुष्टि भइसकेकाले घटनामा विदेशी नागरिकको सक्रियता रहेको अनुमान गर्न सकिन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/26 मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ