News Category 2073/03/23
महिला तथा बालबालिका सेवा केन्द्र भवनको शिलान्यास
दैनिक समाचारदाता
राजविराज, २२ असार ।
प्रहरी वरिष्ठ उपरिक्षक उत्तम बहादुर सिंहले बुधबार महिला तथा बालबालिका सेवा केन्द्रको भवन जिल्ला प्रहरी कार्यालय सप्तरीको हातामा शिलान्यास गर्नु भएको छ ।
कुल एक करोड ३५ लाख १७ हजार एकसय ५७ रुपैयाँ ४३ पैसाको लागतमा निर्माण हुन लागेको साढे दुई तल्लाको भवनमा कार्यालय कोठा, तालिम कक्ष, विश्राम कक्ष, सोधपुक्ष कक्ष, उजुरी कक्ष, पीडित सहायता कक्ष, भान्सा घर, शौचालय, बाथरुम गरी २१ वटा कोठा रहनेछ ।
सो भवन हिंसामा परेका महिला तथा बालबालिकाहरुको उद्धार गरी अनुसन्धान प्रकृया अगाडी बढाई पुर्नस्थापना समेत गर्ने उद्देश्यले निर्माण गर्न लागिएको हो ।
शिलान्यास पश्चात् आयोजित कार्यक्रममा प्रबउ सिंहले सेवा केन्द्रको भवन निर्माणले राज्य र प्रहरी–प्रशासन बालबालिका र महिलाहरूको हकमा संवेदनशील रहेको सन्देश प्रवाहित हुने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा प्रहरी उपरिक्षक भिमप्रसाद ढकालले महिला तथा बालबालिकाविरुद्ध हुने अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानका लागि सेवा केन्द्रको भवन निर्माणले महत्वपूर्ण सहयोग हुने बताउनुभयो ।
परियोजनाअन्तर्गत इन्सेक सप्तरी प्रतिनिधि मनोहर पोखरेलको संयोजकत्वमा गठित जिल्ला सञ्जाल कार्यकारी समितिले जिल्लाका बालबालिका र महिलालाई कानुनी सुरक्षा, सामाजिक सेवा उपलब्ध गराउँदै लैङ्गिक हिंसा नियन्त्रण गर्न, सामाजिक परामर्श तथा चेतना विस्तारका कार्यक्रम कार्यान्वयन गर्दै आएको छ ।
प्रहरी नायव उपरिक्षक दानबहादुर कार्कीद्वारा सञ्चालित शिलान्यास कार्यक्रमका अवसरका महिला तथा बालबालिका कार्यालयकी प्रमुख महिला विकास अधिकृत चन्द्रकला श्रेष्ठ, जिल्ला न्यायाधिवक्ता हरीप्रसाद पोखरेल, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जालका अध्यक्ष मनोहर कुमार पोखरेल, उपाध्यक्ष ललीता कर्ण, सञ्जालका कञ्चनरुप अध्यक्ष सबिता न्यौपाने लगायतविभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, पेशाकर्मी र प्रहरीको सहभागिता थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ