News Category 2073/03/24
मधेशी मोर्चाद्वारा ईदको शुभकामनासहित छैठो दिन पनि अनसनलाई निरन्तरता
दैनिक समाचारदाता
राजविराज, २३ असार ।
मुस्लिमहरुको महाव पर्व ईद उल फित्रको अवसरमा सम्पुर्ण मुस्लिम समुदायमा मधेशी मोर्चा सप्तरीले शुभकामना ब्यक्त गरेको छ ।
मोर्चाका जिल्ला संयोजक नरेन्द्र प्रसाद यादवद्वारा बिहिबार जारी विज्ञप्तीमा सो पर्वको अवसरमा सम्पुर्ण मुस्लिम समुदायहरुलाई शुभकामना ब्यक्त गरेको हो ।
त्यस्तै विज्ञप्तिमा रिले अनसनको छैठो दिन पनि संघिय गठबन्धनको आह्वानमा मधेशी मोर्चा सप्तरीले राजविराजस्थित सहीद दशन चौकमा बिहिबार निरन्तरता दिएको जनाएको छ ।
छैठो दिनको रिले अनसनमा मधेशी जनअधिकार फोरम गणतान्त्रिकका केन्द्रिय सदस्य नेत्र विक्रम साह, तराई मधेश सदभावना पार्टीका रमानन्द ठाकुर, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला कोषाध्यक्ष मनोज मेहता, संघिय समाजवादी फोरम नेपालका क्षेत्रिय अध्यक्ष नवनित झा, सदभावना पार्टीका पंचदेव यादव, तराई मधेश सदभावना पार्टीका चन्देश्वर यादव, नेपाल सदभावना पार्टीका कन्जी लाल मण्डल सहितकाहरुको सहभागिता रहेको मधेशी मोर्चा सप्तरीले जनाएको छ ।
मधेशलगायत आदिवासी, जनजाती एवम् शोषित उत्पीडित जनताको व्यापक सहभागितामा जारी राजधानी केन्द्रित शान्तिपूर्ण आन्दोलनलाई राज्यपक्षले बेवास्ता गरेपछि जिल्लाहरु समेत आन्दोलित भएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/09 सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने
- 2082/10/09 क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
- 2082/10/08 नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
- 2082/10/08 क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
- 2082/10/08 डुबेर एक किशोरीको मृत्यु
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ