News Category 2073/03/25
नयाँ पत्रकार आचारसंहिता जारी हुँदै बालबालिकाको फोटो छाप्दा अभिभावकको अनुमति अनिवार्य
दैनिक समाचारदाता
काठमाडौं, २४ असार ।
प्रेस काउन्सिल नेपालले नयाँ पत्रकार आचारसंहिता जारी गर्ने भएको छ । प्रेस काउन्सिलले पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन र समाचार एजेन्सीलाई समेटेर नयाँ पत्रकार आचारसंहिता जारी गर्न लागेको हो ।
नेपाल पत्रकार महासंघसँग मिलेर ४८ बुँदे प्रस्तावित आचारसंहिताको मस्यौदा तयार पारिएको छ । प्रस्तावित आचारसंहितामा सार्वभौमसत्ता, राष्ट्रिय एकता, जातजाति, भाषा, धर्म र संस्कृतिमा खलल पु¥याउने, जातीय र लैंगिक भेदभावलाई बढावा दिने, सार्वजनिक शिष्टाचार प्रतिकुल हुने सामाग्री प्रकाशनरप्रसारण गर्न नपाइने र स्रोत खुलाउनुपर्ने उल्लेख छ ।
सार्वजनिक हितका लागि स्पष्टरुपमा आवश्यक पर्ने अवस्थामा बाहेक समाचार संकलनका लागि कुनै पनि प्रविधिको अदृष्यरुपमा प्रयोग गर्न नपाइने आचारसंहितामा उल्लेख छ ।
व्यवसायीक मर्यादा विपरित सरकारी, गैरसरकारी र व्यापारिक निकायबाट पुरस्कार र सम्मान लिन नहुने, १६ वर्ष उमेर नपुगेका बालकालिकाको अन्तर्वार्ता र तस्वीर प्रकाशनरप्रसारण गर्दा अभिभावकको अनुमति लिनुपर्ने पनि मस्यौदामा उल्लेख छ ।
पाँच परिच्छेदको मस्यौदामाथि प्रेस काउन्सिलले शुक्रबार एक कार्यक्रम गरी पत्रकार र अन्य सरोकारवालासँग सुझाव लिएको छ । कार्यक्रममा सहभागीहरुले मस्यौदा अस्पष्ट र अपूरो भएको बताए । उनीहरुले मस्यौदामा समावेश धेरै बुँदा दोहोरो अर्थ लाग्ने खालका र स्पष्ट नबुझिने खालका भएकाले सुधार आवश्यक रहेको बताएका थिए । अनलाइनखबर डटकमबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ