News Category 2073/03/28
‘प्रहरी मेरो साथी’ अभियानको सुरुवात
दैनिक समाचारदाता
राजविराज, २७ असार ।
प्रहरी र नागरिकबीचको सम्बन्ध सुमधुर बन्न सकेमा मात्रै समाजमा अपेक्षित शान्ति, सुव्यवस्था र अमनचैन कायम हुनेमा जोड दिइएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले थालेको ‘प्रहरी मेरो साथी‘ अभियानको पुनरावेदन अदालतका मुख्य न्यायाधिश कुमार चुडालले शुभारम्भ गर्नुभयो ।
सो अवसरमा सोमबार राजविराजमा आयोजित कार्यक्रममा वक्ताहरूले समाजमा शान्ति सुव्यवस्था चुस्त र दुरुस्त बनाउन सबैको आ–आफ्नो तर्फबाट योगदान रहेको बताए ।
अंचल प्रहरी कार्यालय सगरमाथाका वरिष्ठ प्रहरी उपरिक्षक उत्तम बहादुर सिंहको अध्यक्षता तथा पुनरावेदन अदालतका मुख्य न्यायाधिश कुमार चुडालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादव, नेकपा एमालेका अध्यक्ष गोबिन्द न्यौपाने, मधेशी मोर्चाका तर्फबाट रामसपाका जिल्ला उपाध्यक्ष सत्तिश सिंह, उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधान, पत्रकार महासंघ सप्तरीका कार्यवाहक अध्यक्ष श्रवण कुमार देव, गैसस महासंघ सप्तरीका सचिव बलदेव मण्डल, ब्रहमकुमारी राजयोग सेवा केन्द्रकी मिरा दिदी लगायतका वक्ताहरुले प्रहरी र जनताबीच सुमधुर सम्बन्ध कायम हुनुपर्नेमा जोड दिनुभयो ।
‘प्रहरी मेरो साथी‘ अभियान बारे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरिक्षक भिम ढकालले जानकारी दिनुभयो । उहाँले नेपालको जनसंख्या अढाई करोड भएकोमा नेपालमा मात्र ७० हजार प्रहरी रहेकाले अब प्रहरी मेरो साथ रहेको भन्दै प्रहरीलाई आम नागरिकसँग हातेमालो गरेर अभियान संचालन गर्ने बताउनुभयो ।
उहाँले अभियान अन्तर्गत सप्तरी जिल्लामा रहेको एक लाख २३ हजार घरमा कुनै प्रकारको अपराध वा हिंसा भयो भने कहाँ सम्र्पक गर्ने भन्ने स्टीकर टाँसिने छ । कार्यक्रम प्रहरी नायव उपरिक्षक दान बहादुर कार्कीले संचालन गर्नु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको प्राङ्गनमा आयोजित कार्यक्रम विभिन्न संघ संस्था, राजनीतिक दलका प्रतिनिधी, विद्यार्थी, शिक्षक, संचारकर्मी, व्यापारी, विभिन्न सुरक्षा निकायका प्रमुख, प्रतिनिधी, प्रहरी लगायतको उपस्थिति रहेको थियो ।
यसअघि स्थानीय गजेन्द्र चौकबाट बाजागाजाका साथ निस्केको प्रहरी, सर्वसाधारण, व्यापारी, कर्मचारी, विद्यालयका छात्रछात्रा र समाजसेवी सम्मिलित जनचेतनमूलक ¥याली बाजारका मुख्य मुख्य भाग हुँदै जिल्ला प्रहरी कार्यालय सप्तरीमा पुगेर टुङ्गिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ