News Category 2073/03/28
रोजगारीका लागि कतार र मलेशिया गएका दुई युवकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २७ असार ।
रोजगारीका लागि सप्तरीबाट कतार र मलेशिया गएका दुई युवकको मृत्यु भएको छ ।
रोजगारीका लागि गत जेठ महिनामा कतार गएका सप्तरीको बनौली गाविस ९ निवासी ३१ वर्षीय बौवालाल चौधरी र तिन वर्ष अगाडी मलेसिया गएका जिल्लाको बभनगमाकट्टी मंसापुर निवासी २७ वर्षिय रामुनी मण्डलको मृत्यु भएको छ ।
कतार गएका चौधरी शनिबार राति खाना खाएर सुतेको र आइतबार बिहान मृत अवस्थामा फेला परेका थिए । कतारको मदिनामा बिलडिङ बर्करका रुपमा कार्यरत चौधरी गत जेठमा रोजगारीको लागि कतार गएका थिए ।
यस्तै तिन वर्ष अगाडी मलेसिया गएका मण्डल गत बिहीबार डियुटी सकेर राती खाना खाएर सुतेको र भोली पल्ट बिहान साथीहरुले डियुटीमा जानका लागी उनको कोठा पुगेपछि मृत फेला परेको देखेका थिए ।
गत बैशाखमा दुई महिनाको बिदा सकेर मलेसिया गएको तिन महिना नबित्दै उनको मृत्यु भएको मण्डलका भाई बालेश्वर मण्डलले जानकारी दिएका छन ।
यता सो सम्वन्धमा सवल नेपालद्वारा संचालित सुरक्षित आप्रवासन परियोजना अन्तर्गत मिडिया तथा सुचना तथा परार्मश केन्द्र राजबिराजले जानकारी लिई मृतकहरुको शव ल्याउन पहल गरिरहेको कार्यक्रम अधिकृत चन्दनकुमार यादवले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/09 सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने
- 2082/10/09 क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
- 2082/10/08 नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
- 2082/10/08 क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
- 2082/10/08 डुबेर एक किशोरीको मृत्यु
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ