News Category 2073/03/28
रोजगारीका लागि कतार र मलेशिया गएका दुई युवकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २७ असार ।
रोजगारीका लागि सप्तरीबाट कतार र मलेशिया गएका दुई युवकको मृत्यु भएको छ ।
रोजगारीका लागि गत जेठ महिनामा कतार गएका सप्तरीको बनौली गाविस ९ निवासी ३१ वर्षीय बौवालाल चौधरी र तिन वर्ष अगाडी मलेसिया गएका जिल्लाको बभनगमाकट्टी मंसापुर निवासी २७ वर्षिय रामुनी मण्डलको मृत्यु भएको छ ।
कतार गएका चौधरी शनिबार राति खाना खाएर सुतेको र आइतबार बिहान मृत अवस्थामा फेला परेका थिए । कतारको मदिनामा बिलडिङ बर्करका रुपमा कार्यरत चौधरी गत जेठमा रोजगारीको लागि कतार गएका थिए ।
यस्तै तिन वर्ष अगाडी मलेसिया गएका मण्डल गत बिहीबार डियुटी सकेर राती खाना खाएर सुतेको र भोली पल्ट बिहान साथीहरुले डियुटीमा जानका लागी उनको कोठा पुगेपछि मृत फेला परेको देखेका थिए ।
गत बैशाखमा दुई महिनाको बिदा सकेर मलेसिया गएको तिन महिना नबित्दै उनको मृत्यु भएको मण्डलका भाई बालेश्वर मण्डलले जानकारी दिएका छन ।
यता सो सम्वन्धमा सवल नेपालद्वारा संचालित सुरक्षित आप्रवासन परियोजना अन्तर्गत मिडिया तथा सुचना तथा परार्मश केन्द्र राजबिराजले जानकारी लिई मृतकहरुको शव ल्याउन पहल गरिरहेको कार्यक्रम अधिकृत चन्दनकुमार यादवले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ