News Category 2073/04/01
२५ औं गाविसको रुपमा पटेर्वा गाविस खुल्ला दिसा मुक्त गाविस घोषणा
दैनिक समाचारदाता
राजविराज, ३१ असार ।
सप्तरीको पटेर्वा गाविस २५ औं गाविसको रुपमा भव्य समारोहबिच खुल्ला दिसा मुक्त गाविस घोषणा भएको छ ।
एक घर एक चर्पी ,स्वच्छ सफा पटेर्वाको धर्ती भन्ने मुल नाराका साथ भव्य समारोहका बिच खुल्ला दिसा मुक्त गाविस घोषणा गरिएको हो । पंचावती ग्रामिण विकास केन्द्र नेपाल र सुनोलौ हजार दिनको आयोजनामा आयोजित सो समारोहबिच जिल्लाको ९१ गाविसमध्ये २५ औं गाविसको रुपमा पटेर्वा गाविसलाई खुल्ला दिसा मुक्त गाविस घोषणा गरिएको छ ।
गाविस सचिव तथा गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका संयोजक रामानन्द यादवको अध्यक्षता तथा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजय कुमार झाको प्रमुख आतिथ्य एवं जिल्ला खानेपानी कार्यालयका प्रमुख ई.लोकेन्द्र प्रसाद यादव र जिल्ला विकास समितिका कार्उक्रम अधिकृत नवराज खडकाको विशिष्ट आतिथ्यमा आयोजित सो समारोहमा युएनह्याविटाटका जिल्ला संयोजक हरी बुढाथोकी ,एसएनभि नेपालका कृष्ण जिसी ,जनस्वास्वास्थ्य कार्यालयका कारीचन्द्र साह ,नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडा ,गैर सरकारी संस्था महासंघका अध्यक्ष शम्भुनन्द चौधरी ,जिविस सचिवालयका मिथिलेश कुमार यादव ,सबल नेपालका फिल्ड अफिसर शुभ नारायण यादव ,स्थानीय युवा राजेन्द्र प्रसाद साह सहितका बक्ताहरुले पटेर्वा गाविस खुल्ला दिसा मुक्त गाविस घोषणा भएपनि यस गाविसमा विद्युत अझै नपुगेकोमा चिन्ता ब्यक्त गरेका छन ।
सोही कार्यक्रममा पंचावती ग्रामिण विकास केन्द्र नेपालले जिल्लाको १० वटा गाविसलाई खुल्ला दिसा मुक्त गाविस घोषणा गर्न सफल भएकोमा संस्थाका राम बस्नेतलाई डिवासिसी सप्तरीको तर्फबाट १० किलो फुलको मालाले स्वागत गरेका थिए ।
यसैबिच सोही खुल्ला दिसा मुक्त घोषणा समारोहमा विभिन्न कलाकारहरुले गित ,संगित तथा नृत्यहरु प्रस्तुत गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ