News Category 2073/04/18
बाढी प्रभावित गाविसका गर्भवति महिलाहरुलाई झुल वितरण
दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
सप्तरीको बाढी प्रभावित गाविसहरुमा मंगलबार एक संस्थाले राहत स्वरुप सुपानेट झुल वितरण गरेको छ ।
स्वराज फाउण्डेशन बाढी पिडित कार्यक्रम काठमाण्डौले जिल्लाको रम्पुरा मल्हनिया ,सकरपुरा सहितका गाविसका गर्भवति तथा सुत्केरी महिलाहरुलाई सुपानेट झुल वितरण गरेको हो ।
काठमाण्डौमा विभिन्न क्षेत्रमा कार्यरत बौद्धिक व्यक्ति तथा संस्थाहरुबाट सहयोग जुटाएर फाउण्डेशनले सुपानेट मेडिकेटेड झुल वितरण गरेको हो । जिल्लाको सकरपुराका ८५ जना र ११५ जना गर्भवती तथा सुत्केरी महिलालाई टोलीले वितरण गरेका छन् ।
टोलीमा फाउण्डेशनका कासिन्द्र यादव, बिक्की यादव, सन्तोष लाभ, डा. शरद सिंह यादव, प्रवीणलाल दासलगायतका व्यक्तिहरु सहभागी भएका थिए । फाउण्डेशनले आगामी दिनहरुमा समेत आपतकालीन अवस्थामा मानवीय सहयोग गर्ने कार्यलाई जारी राख्ने फाउण्डेशनले जनाएको छ । राहत वितरण कार्यमा प्रहरी चौकी कोइलाडी बर्साइन र रम्पुरामल्हनिया प्रहरी चौकीले व्यवस्थापनमा सहयोग पुर्याएका थिए ।
त्यसैगरी सप्तरीको तिलाठी गाविसका बाढी प्रभावित परिवारलाई मंगलबार राहत स्वरुप विभिन्न खानेकुराहरु वितरण गरेको छ ।
राष्टिूय मधेश समाजवादी पार्टीका भातृ संगठन समाजबादी विद्यार्थी संघको सहयोगमा तिलाठी गाविसका करिब २ सय परिवारलाई राहत स्वरुप मुरही ,चिउरा ,दालमोठ ,भुजिया ,कुरमुरे ,त्रिपाल ,बिस्कुट सहितका सामग्रीहरु वितरण गरेको हो ।
सो राहत वितरण समारोहमा राष्टिूय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल र समाजवादी विद्यार्थीका केन्द्रिय अध्यक्ष ज्ञान झा लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ