News Category 2073/04/20
सहकारीकै माध्यमबाट मुलुक र समाजको विकास गर्नुपर्नेमा जोड
दैनिक समाचारदाता
राजविराज, १९ साउन ।
सहकारीको माध्यमबाट मुलुक र समाजको विकास गर्नुपर्नेमा राजविराजमा आयोजित एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
आईडियल सहकारी संस्था लिमिटेड राजविराजको १८ औं स्थापना दिवसको अवसरमा बुधबार राजविराजमा आयोजित कार्यक्रममा सहभागिहरुले सो कुरामा जोड दिनुभएको हो ।
आईडियल सहकारी संस्था लिमिटेड राजविराजका अध्यक्ष गणेश कुमार आशको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश प्रसाद पोखरेलको प्रमुख आतिथ्य एवं सहकारी डिभिजन कार्यालय लहानका प्रमुख राम प्रसाद सुवेदीको विशिष्ट आतिथ्यमा आयोजित सो कार्यक्तममा एभरेष्ट बैंकका बिनय उपाध्याय, ग्लोबल बहुमुखी सहकारी संस्था लि.का संस्थापक अध्यक्ष सुखराम यादव, जनज्योति कृषि सहकारी संस्था लि.मलेठका अध्यक्ष विश्वनाथ मण्डल, नागरिक समाजका थानसिंह भन्साली, सप्तरी उद्योग वाणिज्य संघका महासचिव अन्नत लाल साह, आईडियल सहकारीका संस्थापक सदस्य सुमनराज प्याकुरेल, विजयानन्द झा लगायतका बक्ताहरुले सहकारीलाई उत्पादनमुखी क्षेत्रमा लगानी गरी सहकारीकै माध्यमबाट मुलुकको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैबिच आईडियल सहकारी संस्था लिमिटेड राजविराजले गत आर्थिक वर्ष २०७२÷०७३ मा लामो समयको बन्द हडतालको बावजुद पनि ७१ लाख मुनाफा गर्न सफल भएको अध्यक्षद्वारा जारी प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै शुरुमा ४२ जनाको समुहबाट शुरुवात भएको सो सहकारीमा हाल ५ हजार २४ जना आवद्ध रहेको जनाउँदै आ.व.२०७१÷०७२ मा १ करोड ३ लाख ४६ हजार ७ सय ८७ रुपैयाँ शेयरपुँजी रहेको छ, भने आ.व.२०७२÷०७३ मा ९९ लाख ३७ हजार ७ सय ४९ रुपैयाँ बृद्धि भई हाल अद्यावधिक शेयर पुँजी २ करोड २ लाख ८४ हजार ५ सय ३६ रुपैयाँ पुगेको जानकारी दिइयो ।
यसैगरी संस्थाले गत आर्थिक वर्षमा १ अर्ब ६७ करोड ९९ लाख ८७ हजार २ सय १३ रुपैयाँ ८९ पैसा बचत संकल्न गरी १ अर्ब ४० करोड १३ लाख ८७ हजार ६ सय ६५ रुपैयाँ ७३ पैसा बचत भुक्तानी गरेको छ भने गत आर्थिक वर्ष २०७२÷०७३ मा ५९ करोड २ लाख ३१ हजार ५ सय २४ रुपैयाँ श्रृण लगानी र ३६ करोड ६१ लाख ३५ हजार ८ सय ५६ रुपैयाँ श्रृण असुली गरेको जानकारी दिइएको छ ।
यसैबिच सोही कार्यक्रममा संस्थाका उत्कृष्ट बचतकर्ता रामेश्वर चौधरी र उत्कृष्ट श्रृणी कृष्णदेव मण्डललाई दो सल्लाह र प्रशसापत्रले प्रमुख अतिथि तथा विशिष्ट अतिथिद्धारा सम्मान समेत गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ