News Category 2073/04/20
सहकारीकै माध्यमबाट मुलुक र समाजको विकास गर्नुपर्नेमा जोड
दैनिक समाचारदाता
राजविराज, १९ साउन ।
सहकारीको माध्यमबाट मुलुक र समाजको विकास गर्नुपर्नेमा राजविराजमा आयोजित एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
आईडियल सहकारी संस्था लिमिटेड राजविराजको १८ औं स्थापना दिवसको अवसरमा बुधबार राजविराजमा आयोजित कार्यक्रममा सहभागिहरुले सो कुरामा जोड दिनुभएको हो ।
आईडियल सहकारी संस्था लिमिटेड राजविराजका अध्यक्ष गणेश कुमार आशको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश प्रसाद पोखरेलको प्रमुख आतिथ्य एवं सहकारी डिभिजन कार्यालय लहानका प्रमुख राम प्रसाद सुवेदीको विशिष्ट आतिथ्यमा आयोजित सो कार्यक्तममा एभरेष्ट बैंकका बिनय उपाध्याय, ग्लोबल बहुमुखी सहकारी संस्था लि.का संस्थापक अध्यक्ष सुखराम यादव, जनज्योति कृषि सहकारी संस्था लि.मलेठका अध्यक्ष विश्वनाथ मण्डल, नागरिक समाजका थानसिंह भन्साली, सप्तरी उद्योग वाणिज्य संघका महासचिव अन्नत लाल साह, आईडियल सहकारीका संस्थापक सदस्य सुमनराज प्याकुरेल, विजयानन्द झा लगायतका बक्ताहरुले सहकारीलाई उत्पादनमुखी क्षेत्रमा लगानी गरी सहकारीकै माध्यमबाट मुलुकको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैबिच आईडियल सहकारी संस्था लिमिटेड राजविराजले गत आर्थिक वर्ष २०७२÷०७३ मा लामो समयको बन्द हडतालको बावजुद पनि ७१ लाख मुनाफा गर्न सफल भएको अध्यक्षद्वारा जारी प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै शुरुमा ४२ जनाको समुहबाट शुरुवात भएको सो सहकारीमा हाल ५ हजार २४ जना आवद्ध रहेको जनाउँदै आ.व.२०७१÷०७२ मा १ करोड ३ लाख ४६ हजार ७ सय ८७ रुपैयाँ शेयरपुँजी रहेको छ, भने आ.व.२०७२÷०७३ मा ९९ लाख ३७ हजार ७ सय ४९ रुपैयाँ बृद्धि भई हाल अद्यावधिक शेयर पुँजी २ करोड २ लाख ८४ हजार ५ सय ३६ रुपैयाँ पुगेको जानकारी दिइयो ।
यसैगरी संस्थाले गत आर्थिक वर्षमा १ अर्ब ६७ करोड ९९ लाख ८७ हजार २ सय १३ रुपैयाँ ८९ पैसा बचत संकल्न गरी १ अर्ब ४० करोड १३ लाख ८७ हजार ६ सय ६५ रुपैयाँ ७३ पैसा बचत भुक्तानी गरेको छ भने गत आर्थिक वर्ष २०७२÷०७३ मा ५९ करोड २ लाख ३१ हजार ५ सय २४ रुपैयाँ श्रृण लगानी र ३६ करोड ६१ लाख ३५ हजार ८ सय ५६ रुपैयाँ श्रृण असुली गरेको जानकारी दिइएको छ ।
यसैबिच सोही कार्यक्रममा संस्थाका उत्कृष्ट बचतकर्ता रामेश्वर चौधरी र उत्कृष्ट श्रृणी कृष्णदेव मण्डललाई दो सल्लाह र प्रशसापत्रले प्रमुख अतिथि तथा विशिष्ट अतिथिद्धारा सम्मान समेत गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/09 सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने
- 2082/10/09 क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
- 2082/10/08 नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
- 2082/10/08 क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
- 2082/10/08 डुबेर एक किशोरीको मृत्यु
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ