News Category 2070/02/29

उर्मिलाको हत्या, पति फरार

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २८ जेठ ।
सप्तरीको रामनगर कोदरकटी गाविसमा एक जना महिलाको हत्या गरिएको छ । मृतम महिलाका पति सहितका परिवारजन फरार भएका छन् ।
रामनगर कोदरकटी २ बस्ने जोगेन्द्र यादवकी पत्नी उर्मिला यादवको हत्या भएको हो । ४० बर्षीया यादवको शव मंगलबार बिहान घर नजिकैको बाँसघारीमा फेला परेको प्रहरीले जनाएको छ छ । उनको घाँटीमा निलडाम देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक श्यामसिंह चौधरीले उर्मिलाको हत्या नै गरिएको हुन सक्ने बताउँदै घट्नाको अनुसन्धान भइरहेको बताउनुभयो । उहाँका अनुसार फरार मृतकका पतिको खोजबिन भइरहेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट