News Category 2073/04/20
जनज्योतिको रेमिट्यान्स सेवा सुरु
दैनिक समाचारदाता
राजविराज, १९ साउन ।
जनज्योति कृषि सहकारी संस्था लिमिटेड मलेठ ३ ले बुधबारदेखी रेमिट्यान्स सेवा सुरु गरेको छ । राष्ट्रिय सहकारी बैंकका केन्द्रिय अध्यक्ष रमेश प्रसाद पोखरेलले बुधबार रेमिट्यान्स सेवाको विधिवत् रुपमा उद्घाटन गर्नुभएको हो ।
यसअघि सहकारी डिभिजन कार्यालय लहानले संस्थालाई गत फागुन ९ गतेदेखि सप्तरी जिल्लाभरी कार्य क्षेत्र विस्तार गर्न स्विकृत समेत प्राप्त गरेको थियो ।
यस्तै जनज्योति कृषि सहकारी संस्था लि. मलेठ ३ सप्तरीले “उत्कृष्ठ सहकारी संस्था २०७२” बाट समेत पुरस्कृत भइसकेको छ । ५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सिरहाको लहानमा आयोजित कार्यक्रममा सहकारी डिभिजन कार्यालय लहानले सप्तरीको सहकारी क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै सो पुरस्कारबाट पुरस्कृत गरेको थियो ।
जनज्योति सहकारीले जिल्लामा कृषिलाई व्यवसायीकरण गर्नेतर्फ लक्षित भएर कार्य गर्दै आएको छ । रसायनिक मल, बिउँ विजनको सहज आपुर्ति र विक्रि वितरण, समुहगत खेति, पशु पालन, कृषि उत्पादन, खरिद विक्रि लगायत कारोबार गर्दै आएको छ भने कृषि कारोवारका अतिरिक्त महिला समुहमा लद्युवित कार्यक्रम, आजको रिक्सा चालक भोलीको मालिक योजना, युवा स्वरोजगार, बाल बचत, ब्यक्तिगत बचत, सबल किसान बचत योजना, गृहिणी बचत योजना लगायतका कार्यक्रमहरु संचालन गर्दै आईरहेको संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ