News Category 2073/04/21
सद्भावनालाई कोठा वैद्यानिक तरिकाले वहालमा दिइएको छ ः महासंघ सप्तरी
दैनिक समाचारदाता
राजविराज, २० साउन ।
नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले शाखा सप्तरीको भवन सद्भावना पार्टीले कब्जामा लिएको भनी जारि गरेको प्रेस बिज्ञप्तीप्रति शाखा सप्तरीका पदाधिकारीहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।
महासंघका कावाअध्यक्ष श्रवणकुमार देव, कोषाध्यक्ष मनोन माझि, सहसचिव सुधा देव, सदस्यहरु चन्दन यादव, भुषण सिंह र राजकुमार पासवानद्वारा बिहीबार जारि संयुक्त विज्ञप्तिमा सद्भावना पार्टीले महासंघ शाखाको भवन कब्जामा नलिएको तथा वैधानिक तरिकाले बहालमा दिएको स्पष्ट गरिएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले कुनै सत्यतथ्य नै नबुझी यस शाखासँग कुनै किसिमको सोधपुछ समेत नगरी एक्कासी सद्भावना पार्टीले भवन कब्जा गरेको भनी बिज्ञप्ती जारी गरेपछि आश्चर्यचकित भएको उल्लेख गर्दै विज्ञप्ति मार्फत बैद्यानिक तरिकाले सद्भावना पार्टीलाई महासंघको कोठा भाँडामा दिएको जनाइएको छ ।
विज्ञप्तिमा महासंघ शाखा सप्तरीका अध्यक्ष प्रकाश खतिवडाबिरुद्ध ६३ जना सदस्यले अविश्वासको प्रस्ताव दर्ता गराएदेखि नै खतिवडा सप्तरीबाट बाहिर रहँदै आएको कुरा उल्लेख गर्दै अध्यक्ष खतिवडा कहिलेकाँही सप्तरी आएपनि महासंघसँग कुनै किसिमको मतलव नराख्ने जनाइएको छ ।
यस्तै विज्ञप्तिमा भनिएको छ, “महासंघ भवनको भुइँतल्लामा चार वटा सटर (कोठा) रहेको छ । सबैलाई भाडामा लगाइएको छ । चारमध्ये एक कोठामा चिया पसल गर्दै आएको व्यक्ति बिगत एक बर्षदेखि सम्पर्कबिहीन रहेपछि कार्यसमितिका साथीहरुको २०७३ साल जेठ १९ गते बसेको बैठकले चिया पसलेको सामान हटाएर उक्त कोठा सद्भावना पार्टीलाई बहालमा दिने निर्णय गरेका छौं ।”
विज्ञप्तिमा अगाडी भनिएको छ, “निर्णय बमोजिम सद्भावना पार्टीसँग सहमति गरी रु १५ हजार (अक्षरेपी रु पन्द्रह हजार) धरौटि वापत र एक महिनाको भाँडा रु ३,००० (अक्षरेपी रु तीन हजार) गरी रु १८,००० (अठारह हजार) महासंघको राजविराजस्थित कृषि विकास बैंकको खाता नम्बर ५१५१४०११ मा मिति २०७३ साउन ११ गते जम्मा गर्न लगाई २०७३ साल साउन १ गतेदेखि एक बर्षका लागि लागू हुने गरी कोठा भाँडामा दिएको स्पष्ट पार्न चाहन्छौं ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ