News Category 2073/04/21
फोरम अलग हुनु मधेशी जनताको भावना विपरीत ः मधेशी मोर्चा
दैनिक समाचारदाता
राजविराज, २० साउन ।
संघिय समाजवादी फोरम नेपाल मोर्चाबाट अलग हुनु शहिद तथा मधेशी जनताको भावना विपरीत कार्य भएको मधेशी मोर्चा सप्तरीको ठहर गरेको छ ।
मोर्चा सप्तरीका संयोजक नरेन्द्र प्रसाद यादवद्वारा जारी विज्ञप्तीमा फोरम नेपाल जिल्ला कार्य समिति मधेशी मोर्चाबाट अलग भएको समाचारप्रति मोर्चाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
जारी विज्ञप्तीमा विगत एक वर्ष अगाडी मधेशी मोर्चा सप्तरीमा गठन भएको तथा मोर्चा आफनो उद्देश्य प्राप्तिका लागि अनवरत रुपमा संघर्षरत रहदै आएको सर्वविदितै रहेको जनाउँदै स्थापना कालमा मोर्चाको संयोजक समेत फोरम नेपालकै अध्यक्ष रहनुभएको थियो भने फोरम नेपालकै संयोजकत्वमा तेश्रो मधेश आन्दोलनका प्रथम शहिद राजिव राउत शहादत प्राप्त गरेका थिए ।
त्यस्तै जारी विज्ञप्तीमा मोर्चाको आवहनमा अहिले सम्म जिल्लामा ६ जनाले शहादत प्राप्त गरेका छन् भने वर्तमान अवस्थामा मोर्चाबाट फोरम नेपाल अलग हुनु शहिद तथा मधेशी जनताको भावना विपरीत कार्य हुने जनाईएको छ ।
साथै हस्ताक्षरित विज्ञप्तीमा भदौ १ गते मधेशी मोर्चाद्वारा शहिद राजिव राउतको पुण्य तिथि तथा श्रद्धाञ्जली सभा जिल्लाको भारदहमा भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरिएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/09 सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने
- 2082/10/09 क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
- 2082/10/08 नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
- 2082/10/08 क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
- 2082/10/08 डुबेर एक किशोरीको मृत्यु
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ