News Category 2070/02/29

सप्तरीमा एसएलसी नतिजा, नियमिततर्फ १९ र एक्जेम्पटेडतर्फ शून्य दशमलव ५४ प्रतिशत उत्तिर्ण

दैनिक समाचारदाता

एस.के.शान
राजविराज, २८ जेठ ।
सप्तरी जिल्लाको शिक्षा डामाडोल स्थितिमा पुगेको छ । अध्ययन, अध्यापनतर्फ सरोकारबालाहरुले कुनै किसिमको ध्यान नदिंदा जिल्लाको शैक्षिक अवस्था तहसनहस भएको छ ।
एसएलसी परीक्षा २०६९ को आएको नतिजाले सबैलाई झस्काएको छ । सप्तरीकै इतिहासमा यसपटक एकदमै कम नतिजा आएको छ जिल्लामा । नियमिततर्फ १५ सय विद्यार्थी उत्तिर्ण भएका छन् भने एक्जेम्पटेडतर्फ मात्र १७ जना परीक्षार्थी उत्तिर्ण भएका छन् ।
यस पटकको एसएलसी परीक्षामा सप्तरीबाट नियमिततर्फ ७ हजार ७ सय ९७ र एक्जेम्पटेडतर्फ ३ हजार १ सय ४२ जनाले परीक्षा दिएका थिए । यसमध्ये नियमिततर्फ १५ सय परीक्षार्थी उत्तिर्ण भएको जुन १९ दशमलव २३ प्रतिशत हो ।
नियमिततर्फ उत्तिर्ण हुनेमा ६५ जना डिस्टिन्सन, ६ सय १३ जना प्रथम, ६ सय ७९ द्धितिय र ५३ जना तृतिय श्रेणीमा उत्तिर्ण भएका छन् ।
गत बर्ष ३२ प्रतिशत नतिजा यस जिल्लामा आएको थियो ।
२ जनाको काँपि क्यान्सिल गरिएका छने ६४ जनाको प्राक्टिकल मार्कमा त्रुटि देखाइएको छ ।
यस्तै २३ जनाको मार्कमा त्रुटि भएको तथा दोहोरो आवेदन दिने एक जनाको परीक्षा रद्द गरिएको छ ।
एक्जेम्पटेडतर्फ परीक्षा दिएका ३ हजार १ सय ४२ जनामध्ये १७ जना उत्तिर्ण भएको छ जुन शून्य दशमलव ५४ प्रतिशत मात्र हो । एक्जेम्पटेडतर्फ एक जना प्रथम श्रेणीमा उत्तिर्ण भएका छन् भने ११ जना दोस्रो र ५ जना तृतिय श्रेणीमा उत्तिर्ण भएका छन् ।
सप्तरी शिक्षा कार्यालयका शाखा अधिकृत विजय मण्डलले यस पटकको एसएलसी नतिजाले खुशी नै व्यक्त गर्नुहुन्छ । उहाँले विद्यार्थीहरुले गरेको मिहिनेत अनुसारको नतिजा आएको बताउँदै जसले जति मिहिनेत गर्यो त्यो अनुसारको फल पाएको उहाँले बताउनुभयो ।
एसएलसी नतिजा कम आएपछि आफू आश्चर्यचकित भएको बताउँदै पूर्व प्रधानाध्यापक विजयानन्द झा सबैले सोंचेको भन्दा धेरै कम नतिजा आएको बताउनुभयो । उहाँले २५ देखि ३० प्रतिशत नतिजा आउने विश्वास सबैले राखेको बताउनुभयो । उहाँले १८ बर्षअघि १६ प्रतिशत एसएलसीको नतिजा आएको र यसपछि कहिल्यै यस्तो खराब नतिजा नआएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट