News Category 2070/06/10
पविउमावि परीक्षा केन्द्रमा प्रहरीद्वारा लाठीचार्ज
दैनिक संवाददाता
राजविराज, ९ असोज ।
प्रहरीले परीक्षार्थीहरुमाथि लाठीचार्ज गरेपछि बुधवार पनि राजविराजस्थित पविउमावि परीक्षा केन्द्रमा परीक्षा प्रभाबित भएको छ ।
प्रहरीले पक्राउ गरेका आफ्ना सहकर्मी परीक्षार्थीहरुलाई रिहा गर्नुपर्ने माग गर्दै परीक्षार्थीहरुले प्रदर्शन गर्न थालेपछि प्रहरीले गरेको लाठीचार्जमा एक दर्जन परीक्षार्थी घाइते भएका छन् ।
सिटिइभिट अन्तर्गतका स्टाफ नर्स, डि–फार्मा, अनमी तथा टिएसएलसीका परीक्षार्थी र सुरक्षाकर्मीबीच मंगलवार भएको विवादमा आधा दर्जन परीक्षार्थीलाई प्रहरी पक्राउ गरेको थियो । पक्राउ परेका परीक्षार्थीको रिहाई माग गर्दै बुधवार परीक्षार्थीहरुले पनुः परीक्षा केन्द्रमा गरेको प्रदर्शनको क्रममा सुरक्षाकर्मीले गरेको लाठी चार्जले परीक्षार्थीहरु रोशन झा र ममता आचार्य र रोशनी विश्वकर्मा गम्भिर घाइते भएका छन्् । घाइते तीनै जनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।
सोे क्रममा प्रहरीले स्थानीय छिन्नमस्ता एजुकेशनल प्रालि.का प्रशासन प्रमुख शम्भु सिंह र परीक्षार्थीद्वय कुलबहादुर पौडेल र प्रवेज आलमलाई पक्राउ गरेको जनाएको छ ।
प्रदर्शनकै कारण विभिन्न संकायका कुल्ँ प्ाँचसय परीक्षार्थीमध्ये दुईसय परीक्षार्थी आजको परीक्षाबाट बञ्चित भएको सफटेक कलेज राजविराजका प्रमुख प्रमोद यादवले जानकारी गराउनुभयो ।
यसअघि मंगलवार पनि प्रहरीले सो केन्द्रमा हस्तक्षेप गरी ६ जना परीक्षार्थीहरुलाई परीक्षा दिएर निष्केपछि नियन्त्रणमा लिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ