News Category 2070/06/10
परीक्षा रद्द गरी पुनः परीक्षा लिन बिद्यार्थीहरुको माग
दैनिक संवाददाता
राजविराज, ९ असोज ।
सिटीइभिटी अन्तर्गत राजविराजस्थित पविउच्च मावि केन्द्रमा सञ्चालित परीक्षाका क्रममा प्रहरी प्रशासनले भन्दै बुधवार केही परीक्षार्थीहरुले प्राबिधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटीइभिटी)लाई ज्ञापनपत्र पठाएका छन् ।
परीक्षा केन्द्र परिसर र परीक्षा केन्द्रमा प्रहरी प्रशासनले लाठी चार्ज गरी केही परीक्षार्थीहरुलाई घाईते बनाएको तथा केहीलाई नियन्त्रणमा लिएकोले परीक्षा प्रभाबित भएको भन्दै ज्ञापनपत्रमा असोज ८ र ९ गतेको परीक्षा रद्द गरी पुन ः परीक्ष लिने व्यवस्था मिलाउ माग गरिएको छ ।
परीक्षा हलमै प्रबेश गरी सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारीले तिमीहरु आफ्नो जिल्लामा नपढी किन यहाँ आएका छौ, तिमीहरु चिट चोर्न आएका छौ भनि गरेको अपमानको प्रतिवाद गर्दा प्रहरीले लाठी चार्ज गरेकाले आफहरुको परिक्षा प्रभाबित भएको ज्ञापनपत्रमा उल्लेख छ ।
प्रहरी प्रशासनबाट परीक्षा हलमै भएको अमानवीय व्यवहार र गैर जिम्मेवार कार्यले बिद्यार्थीहरुको भबिष्यमाथि आघात पुगेको भन्दै ज्ञापनपत्रमा आफुहरुमाथि भएको दमनको छानबिन गरी दोषीमाथि कार्वाही र पक्राउ परेकालाई रिहाई गर्न माग समेत गरिएको छ ।
ज्ञापनपत्रमा अघि सारिएका माग प्रति सम्बन्धित निकायले समयमै पहल नगरिए बाध्य भएर आफुहरु आन्दोलनमा उत्रिने चेतावनी समेत दिईएकोछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ