News Category 2070/06/12

सप्तरीमा ६ महिनाको अवधीमा ६८ वटा घट्ना

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, ११ असोज । 
सन् २०१३ को ६ महिनाको अबधीमा सप्तरीमा ६८ वटा मानव अधिकार उल्लघंनको घटना भएको छ । 
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीले शुक्रवार आयोजना गरेको मानव अधिकार वर्ष पुस्तकमा राखिने घटनाबारे अर्धवार्षिक छलफल कार्यक्रममा सो तथ्याङक सार्वजनिक गरिएको छ । इन्सेक सप्तरीलेसार्वजनिक गरेको प्रतिबेदनमा सप्तरीमा भएको २० वटा बालअधिकार हनन्को घटनामा ८ जना बालिका यौन शोषणकी शिकार भएको उल्लेख छ 
सन् २०१३ को जनवरीदेखि जुन महिना सम्ममा सप्तरीमा आठ बालिका बलात्कारको शिकार भएको उल्लेख छ । सो अबधीमा दुई बालबालिकको आफ्नै बुवाको संलग्नतामा हत्या भएको र दुई बालिकामाथि कुटपिट भएको इन्सेकको प्रतिबेदनमा उल्लेख छ ।
सो अबधीभित्र सप्तरीमा बिभिन्न पक्षबाट दुई महिला र ४ पुरुष गरी ६ जनाको हत्या भएको र भिडन्तमा परी एक पुरुषको मृत्यु भएको इन्सेक प्रतिनिधिको प्रतिबेदनमा उल्लेख छ ।
सोही अबधीभित्र सप्तरीमा गैरराज्य पक्षबाट दुई पुरुष र एक महिला गरी ३ जना अपहरणमा परेको र एक जना पुरुष यातनाको शिकार भएको तथ्याङकमा देखाइएको छ ।
यस्तै सोही अबधिमा राज्य पक्षबाट तीन महिला र ९ पुरुष गरी १२ जना कुटपिट, दुव्र्यवहार र धम्कीबाट पीडित भएको छ भने राज्य पक्षबाटै एक जना सञ्चारकर्मी कुटपिट, दुव्र्यवहारबाट पीडित भएको उल्लेख छ । 
त्यस्तै सप्तरीमा भएको ४० वटा महिला अधिकार हनन्को घट्नामा दश जना महिला  बलात्कार र यौन दुव्र्यवहारको शिकार भएका छन् भने एक जना महिलाको आफ्नै श्रीमान् र ससुरा पक्षबाट हत्या भएको प्रतिबेदनमा जनाएको छ । सप्तरीमा व्याप्त रहेको घरेलु हिसांबाट १६ जना महिला पीडित भएको भने बोक्सीको आरोपमा एक महिला कुटिएकी छिन् ।
सप्तरीमा सो अबधीभित्र पाँच वटा बहुविवाहको उजुरी दर्ता भएको छ भने ६ जना महिला घर निकालामा परेको इन्सेक प्रतिनिधी पोखरेलद्वारा तयार पारिएको प्रतिबेदनमा उल्लेख छ ।
इन्सेक सप्तरी प्रतिनिधी मनोहर पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा विधिको शासन कायम हुन नसकेको र सरकारी एवं गैर सरकारी पक्षको पहल कदमी प्रभावकारी हुन नसकेकाले मानव अधिकार उल्लंघनको घटनामा बृद्धि भएको बक्ताहरुले बताएका छन् ।
शान्ति सम्झौताको पालना, दलिय इमान्दारीता, प्रशासनिक सक्रियता, कानूनको प्रभावकारी कार्यान्वयन, एकताबद्ध नागरीक आन्दोलनबाट मात्र मानव अधिकारको रक्षा हुने सुझाव दिदैं यसका लागि सरोकारवालाहरुले पहल कदमी गर्नुपर्नेमा जोड दिईएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट