News Category 2070/06/15
सप्तरीको ६ वटै क्षेत्रबाट का“गे्रस, एमाले र फोरम नेपालको उम्मेदवार चयन
दैनिक संवादादता
राजविराज १४ असोज ।
आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनका लागि सप्तरीको ६ वटै क्षेत्रबाट नेपाली काँग्रेस, नेकपा एमाले, मधेशी जनअधिकार फोरम नेपालको उम्मेदबारहरुको नाम लगभग चयन भएको छ ।
चयन भएकाहरुमा नेपाली काँग्रेसमा लगभग पुरानै अनुहारहरु रहेका छन् भने एमालेमा प्राय नयाँ अनुहारहरु रहेका छन् । यस्तै फोरम नेपालमा केही नयाँ केही पुराना अनुहारहरु रहेको श्रोतले जनाएको छ ।
नेपाली काँग्रेस क्षेत्र नं. १ बाट अधिवक्ता हेमनारायण चौधरी, २ बाट पूर्व जिविस सभापति बिरबल बिराजी, ३ बाट पूर्व गृहराज्य मन्त्री रामकुमार चौधरी, ४ बाट नेका जिल्ला सभापति दिनेश कुमार यादव, ५ बाट काठमाडौंस्थित नाइटएङ्गल बोर्डिङ्गका संचालक तेजुलाल चौधरी र ६ बाट सुरेन्द्र यादवलाई केन्द्रले मंसिर ४ गते हुने संविधानसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फको टिकट दिएको छ ।
यस्तै नेकपा एमाले केन्द्रिय कार्यालयले सप्तरी क्षेत्र नं. १ बाट सुमनराज प्याकुरेल, २ बाट शैलेन्द्रचन्द्र झा, ३ बाट मञ्जु साह, ४ बाट ताराकान्त चौधरी, ५ बाट जिल्ला अध्यक्ष गोबिन्द न्यौपाने र ६ बाट बृजनारायण साहलाई प्रत्यक्षबाट उम्मेदबार चयन गरेको छ ।
यसैगरि मधेशी जनअधिकार फोरम नेपालले क्षेत्र नं. १ बाट सूर्यनाथ यादव, २ बाट केन्द्रिय अध्यक्ष उपेन्द्र यादव, ३ बाट केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, ४ बाट केन्द्रिय कोषाध्यक्ष रेणु यादव, ५ बाट आयूव राइन र ६ बाट अनिरुद्ध कुमार सिंह यादवलाई प्रत्यक्षतर्फको निर्वाचनका लागि चयन गरेको श्रोतले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ