News Category 2070/02/30
वातावरण प्रदूषितस“गै सप्तरी ७५ औं जिल्लामा
दैनिक संवादाददाता
राजविराज, २९ जेठ ।
जताततै फोहोर । दिशा, पिसाव तथा सडेगलेका वस्तुहरु फयाँकिने बानीका कारण वातावरण प्रदूषित भइरहेको छ नै, सप्तरी जिल्ला सरसफाईको मामिलामा मुलुककै सबैभन्दा पिछडिएको जिल्लाको रुपमा समेत परिचित बनिसकेको छ ।
मुलुकको ७५ जिल्लामध्ये यो जिल्ला सरसफाईको मामिलामा सबैभन्दा पुछारको जिल्लामा छ । सरसफाईको सूचकांक शौचालयलाई आधार मानेर गरिएको सर्वेक्षणमा यो जिल्ला ७५ औं जिल्लामा परेको बुधबार राजविराजमा आयोजित एक पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय राजविराजले आयोजना गरेको पत्रकार सम्मेलनमा सरसफाई तथा ढल निकास विभागका रामचन्द्र साहले आफू सप्तरी जिल्लाकै बासिन्दा भएपनि यो तथ्याङ्कले लज्जित बनाएको बताउनुभयो । उहाँले सबै घरमा शौचालय बनाएर प्रयोग गरिए सरसफाई आफैं हुने भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड् दिनुभयो ।
सप्तरीमा भएको १ लाख २९ हजार ८ सय ८५ घरधुरी भएको जानकारी दिदैं सरसफाई डिभिजन कार्यालय सप्तरीका प्रमुख राजकुमार गोइतले शौचालय बनाउने घरधुरी २६ हजार ५ सय ८५ मात्र भएको सुनाउनुभयो । शौचालय बनाउनका लागि बिभिन्न किसिमका चेतनामूलक कार्यक्रम गरेपनि फलदायी बन्न नसकिरहेको बताउँदै उहाँले यस पटकको सरसफाई सप्ताह अन्तर्गत आगामी असार १ र २ गते सरसफाई सम्मेलनकै आयोजना गरिने जानकारी दिनुभयो ।
जिल्ला विकास समिति सप्तरीमा हुने सम्मेलनमा जिल्लाको १ सय १४ वटै गाविसका सचिव, बिभिन्न संघ–संस्थाका पदाधिकारी, सरकारी निकायका प्रतिनिधीसहितको उपस्थिति रहनेछ । सम्मेलनमा शहरी विकास मन्त्रालयबाट पनि बिभिन्न पदाधिकारीको सहभागिता रहनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/16 मापदण्ड विपरीत सञ्चालनमा रहेका विद्यालयको संख्या एक दर्जन भन्दा बढी
- 2082/02/16 चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त
- 2082/02/16 पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी
- 2082/02/16 चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन
- 2082/02/16 गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
- 2082/02/16 मधेश प्रदेशमा एक दर्जन प्रेस स्वतन्त्रता सेनानी सम्मानित
- 2082/02/16 ओमशान्ति मिडियाले दुई पत्रिका बजारमा ल्याउँदै
- 2082/02/14 रावि नपाको गाडीको ठक्करबाट घाइते भएका किशोरको उपचार खर्चको माग गर्दै धर्ना
- 2082/02/14 सडक निर्माणको माग गर्दै सडक जाम
- 2082/02/14 गणतन्त्र स्थापनापछी मुलुकका सम्पूर्ण नागरिकहरु अधिकार सम्पन्न भएका छन् ः मधेश प्रदेशका संचारमन्त्री लेखी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ