News Category 2070/06/18
सप्तरीमा २ सय ५५ जनाले गराए मनोनयन दर्ता
दैनिक संवाददाता
राजविराज, १७ असोज ।
आगामी मंसीर ४ गते हुने संबिधानसभाको निर्वाचनका लागि सप्तरीको ६ बटै क्षेत्रमा बिभिन्न दल तथा स्वतन्त्र गरी अढाई सयभन्दा बढीले मनोनयन दर्ता गराएका छन् ।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारहरुको मनोनयन दत्र्ता गराउने कार्यक्रम रहेपनि उम्मेदवारी दिनेहरुको भिड बढेकाले साँझ ६ः ३० बजेसम्म उम्मेदवारी मनोनयन दत्र्ता गराएका थिए ।
सदरमुकाम राजविराजसँगै टाँसिएको सप्तरीको बसबिट्टी गाविसस्थित गजेन्द्र नारायण सिंह औधोगिक क्षेत्रमा रहेको निर्वाचन अधिकृतहरुको कार्यालयमा पुगेर बिभिन्न पार्टी तथा स्वतन्त्र गरी सप्तरीको ६ बटै निर्वाचन क्षेत्रमा २ सय ५५ जनाले उम्मेदवारी दत्र्ता गराएको जनाएको छ । सप्तरीको क्षेत्र नम्बर १ मा ४१ जना, क्षेत्र नम्बर २ मा ५३ जना, क्षेत्र नम्बर ३ मा ४६ जना, क्षेत्र नम्बर ४ मा ४४ जना, क्षेत्र नम्बर ५ मा ३७ जना र क्षेत्र नम्बर ६ मा ३४ जनाले उम्मेदवार मनोनयन दत्र्ता गराएको जनाएको छ ।
मनोनयन दत्र्ता गराउने कार्यक्रम शुरु भएलग्तै सप्तरीको क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सबै भन्दा पहिले सो क्षेत्रका एकिकृत नेकपा माओवादीका उम्मेदवार उमेश यादवले उम्मेदवारी मनोनयन दत्र्ता गराउनु भएको थियो ।
यस्तै क्षेत्र नम्बर ४ को कार्यालयमा पुगेर सबैभन्दा पहिले सो क्षेत्रका मधेशी जनअधिकार फोरमकी नेतृ तथा पुर्वमन्त्री रेणु कुमारी यादवले उम्मेदवारी दत्र्ता गराउनुभएको थियो ।
यस्तै सप्तरीको क्षेत्र नम्बर ५ मा सबैभन्दा पहिले तमलोपाका शंकरलाल चौधरीले उम्मेदवारी मनोनयन दत्र्ता गराउनुभएको छ भने क्षे नम्बर १ मा पहिले राष्ट्रिय जनता दलका मनाई महतोले मनोनयन दत्र्ता गराउनुभएको छ ।
क्षेत्र नम्बर २ मा पहिले सिताराम खत्बे मण्डलले स्वतन्त्र रुपमा मनोनयन दत्र्ता गराउनुभएको छ भने क्षेत्र नम्बर ६ मा राप्रापाका उम्मेदवार उम्देश्वर साहले पनि पहलिे उम्मेदवारी मनोनयन दत्र्ता गराउनुभएको जनाएको छ ।
सप्तरीको क्षेत्र नम्बर १ मा एकिकृत माओवादीका तर्फबाट मिथिला राज्य समिति सदस्य मानपुर चौधरी, नेपाली काँग्रेसको तर्फबाट लक्ष्मी गिरी र नेकपा एमालेका तर्फबाट सुमनराज प्याकुरेल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य हेमराज तातेड, मधेशी जनअधिकार फोरम नेपालका तर्फबाट सुर्यनाथ यादव लगायतले उम्मेदवारी दत्र्ता गराउनुभएको छ ।
यस्तै सप्तरीको क्षेत्र नम्बर २ मा एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य अशोक मण्डल(अमर), नेपाली काँग्रेसका बिरबल बिराजी, नेकपा एमालेको तर्फबाट शैलेन्द्र झा, राष्ट्रिय मधेश समाजवादी पार्टीका तर्फबाट शेखर सिंह लगायतले उम्मेदवारी दत्र्ता गराउनुभएको छ । सप्तरीको क्षेत्र नम्बर ३ मा एकिकृत माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक उमेश यादव, नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामकुमार चौधरी र नेकपा एमालेकी मन्जुदेवी साह, सद्भावना पार्टीका केन्द्रीय सदस्य अनिस अन्सारी, तराई मधेश सद्भावना पार्टीका तर्फबाट महेश यादव, मधेशी जनअधिकार फोरम नेपालका तर्फबाट केन्द्रीय सदस्य शैलेन्द्र प्रसाद साह, राष्ट्रिय मधेश समाजवादीका तर्फबाट केन्द्रीय सदस्य केशब झा लगायतले उम्मेदवारी दत्र्त गराउनुभएको छ ।
क्षेत्र नम्बर ४ मा एकिकृत नेकपा माओवादीका तर्फबाट कलामुदिन खाँ, नेपाली काँग्रेसका तर्फबाट जिल्ला सभापति दिनेश यादव, नेकपा एमालेका तर्फबाट ताराकान्त चौधरी, मधेशी जनअधिकार फोरम नेपालका तर्फबाट नेतृ तथा पुर्वमन्त्री रेणु कुमारी यादव, सद्भावना पार्टीका तर्फबाट जिस्मुल खाँ, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट सत्यनारायण यादव, तराई मधेश लोकतानित्रक पार्टीका तर्फबाट केन्द्रीय सदस्य पुष्पा ठाकुर, राष्ट्रिय मधेश समाजवादी पार्टीका तर्फबाट केन्द्रीय सदस्य गजेन्द्र मण्डल(अनुराग) लगायतले उम्मेदवारी दत्र्ता गराउनुभएको छ ।
यस्तै क्षेत्र नम्बर ५ मा एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य सरस्वती चौधरी, नेपाली काँग्रेसका तर्फबाट तेजुलाल चौधरी, नेकपा एमालेका तर्फबाट जिल्ला अध्यक्ष गोबिन्द न्यौपाने, मधेशी जनअधिकार फोरम नेपालका तर्फबाट एयुब राईन, फोरम लोकतान्त्रिकका तर्फबाट छेदीलाल चौधरी, तराई मधेश लोकतान्त्रिक पार्टीका शंकरलाल चौधरी लगायतले उम्मेदवारी दत्र्ता गराउनुभएको छ ।
क्षेत्र नम्बर ६ मा एकिकृत नेकपा माओवादीका तर्फबाट छत्रनारायण यादव, नेपाली काँग्रेसका तर्फबाट सुरेन्द्र प्रसाद यादव, नेकपा एमालेका तर्फबाट बृजनारायण साह, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट मृगेन्द्र कुमार सिंह यादव, मधेशी जनअधिकार फोरम नेपालका तर्फबाट अनरुद्ध कुमार सिंह यादव, दलित जनजाती पार्टीका तर्फबाट मो. इस्लाम, सद्भावना पार्टीका तर्फबाट ललितादेवी लता, तराई मधेश लोकतान्त्रिक पार्टीका तर्फबाट बिरेन्द्र साह लगायतले उम्मेदवारी दत्र्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/19 सेना बिपद् प्रतिकार्यका लागि उच्च सतर्क र तयारी अवस्थामा बस्नु पर्छ ः मन्त्री लेखी
- 2082/02/19 लक्ष्मीको हत्या भएको परिवारको दाबी
- 2082/02/19 पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय शिक्षा आवश्यक ः मन्त्री सुडी
- 2082/02/19 पविमाबि खेल मैदानमा क्रिकेट खेलाडीका लागि पभेलियन भवन निर्माण हुँदै
- 2082/02/16 मापदण्ड विपरीत सञ्चालनमा रहेका विद्यालयको संख्या एक दर्जन भन्दा बढी
- 2082/02/16 चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त
- 2082/02/16 पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी
- 2082/02/16 चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन
- 2082/02/16 गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
- 2082/02/16 मधेश प्रदेशमा एक दर्जन प्रेस स्वतन्त्रता सेनानी सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ