News Category 2070/06/19
प्रहरी दिवसमा एक दर्जन प्रहरी पुरस्कृत, अक्षय कोष स्थापनाको घोषणा
दैनिक संवाददाता
राजविराज, १८ असोज ।
५८ औं प्रहरी सेवा दिवसको अवसरमा सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराजले आफ्ना माहतको प्रहरी कार्यालयहरुमा रहेर उत्कृष्ट काम गर्ने एक जना प्रहरी प्रहरी हवल्दार र दश जना प्रहरी जवानहरुलाई पुरस्कृत गरेको छ ।
उत्कृष्ट काम गरेबापत प्रहरी हवल्दार ब्रहमदेव यादव, प्रहरी जवानहरु जगदेव राई, भोला पासवान, सुरेन्द्र लामा, दिलिपकुमार यादव, युद्धसागर चौधरी, सन्तोष खतिवडा, संजय श्रेष्ठ, महानन्द यादव, प्रेम बहादुर अधिकारी र मुनादेवी कार्की पुरस्कृत भएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेल, बरिष्ठ प्रहरी उपरिक्षक खत्री, नेपाली सेनाका गणपति राजेन्द्रमणि गिरी, सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्य, सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक ओम कुमार खत्री लगायतले संयुक्त रुपमा उहाँहरुलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नुभयो ।
यसैगरी प्रहरी दिवसकै अवसरमा सम्पन्न भएको म्युजिक ह्वीलचेयर खेलमा प्रथम भएकी प्रहरी जवान तारा बुढाथोकी र हण्डीफोर खेलमा बिजयी भएको नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवलाई समेत नगद तथा प्रमाणपत्रबाट पुरस्कृत गरियो ।
त्यस्तै महिलना हिंसा न्युनिकरण र चनचेतना फैलाउने कार्यमा उल्लेखनीय योगदान पु¥याएको भन्दै महिला अधिकारकर्मी तथा सेतु सामुदायिक विकास तथा मानव अधिकार मञ्चकी आभासेतु सिंहलाई सम्मानित गरियो ।
कार्यक्रममा सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराजका प्रहरी बरिष्ठ उपरिक्षक श्याम बहादुर खत्रीले रु. एक लाख भन्दा माथिको अक्षय कोष स्थापना गर्ने घोषणा गर्नुभयो ।
यस्तै प्रहरी सेवा दिवसकै अवसरमा शुक्रबार विहान राजविराजमा ¥याली निकालिएको छ । सगरमाथा अञ्चल प्रहरी कार्यालय अगाडीबाट निकालिएको ¥याली रुपनी रोड, गजेन्द्र चौक, नेता चौक हुँदै पुनः सोही ठाउँमा पुगेर समापन भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/16 बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा, उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग
- 2082/04/16 अपाङ्गता भएका ब्यक्तिका लागी १० बुंदे नीती तथा कार्यक्रम
- 2082/04/14 सरकारको गलत नीतिका कारण अहिलेको जल संकट आएको हो ः अध्यक्ष यादव
- 2082/04/14 कृषि बिश्वविद्यालयको पठनपाठन ठप्प, बिद्यार्थीहरूद्वारा आन्दोलन चर्काउने चेतावनी
- 2082/04/14 दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय
- 2082/04/11 पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
- 2082/04/11 कृषि विश्वविद्यालयमा तालाबन्दी
- 2082/04/11 स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
- 2082/04/11 मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
- 2082/04/11 ३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ