News Category 2070/02/31
सप्तरीमा चरम महिला हिंसा प्रहरीको उपस्थितिमा पूर्व राज्य मन्त्रीका श्रीमानद्वारा बोक्सीको आरोपमा महिलालाई कुटपिट चौथो पटक गर्भ तुहाउने प्रयास असफल
दैनिक संवाददाता
राजविराज, ३० जेठ ।
प्रहरीको उपस्थितिमा पूर्व राज्य मन्त्रीका श्रीमानद्वारा बोक्सीको आरोपमा महिलालाई कुटपिट गरिएको छ । सप्तरी जिल्लाको डिमन गाविसमा दलित महिलामाथि कुटपिट गरिएको हो ।
डिमन गाविस ६ बस्ने कुशेश्वर रामकी ४० बर्षीया पत्नी इमलीदेवीलाई निर्घात कुटपिट गरिएको हो । गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार गराइरहेकी इमलीदेवीले पूर्व राज्य मन्त्री रमणीदेवी रामका पति भोला रामसहितका व्यक्तिहरुले आफूलाई निर्घात कुटपिट गरेको बताइन् । उक्त ठाउँमा प्रहरीलाई समेत बोलाएर भोलासहितका व्यक्तिहरुले बाँसको भाटा लिएर जथाभावी कुटपिट गरेको र उपस्थित प्रहरी मौन उभिरहेको उनको भनाई छ ।
मंगलबार मध्यरात घरमा सुतिरहेको अवस्थामा भोलासहितका व्यक्तिहरुले ढोका तोड्दै सासुलाई नियन्त्रणमा लिदैं इमलीदेवीलाई कुटपिट गरेका हुन् । सोही बेला लोहजारा, मैनाकडेरी र डिमन प्रहरी चौकीका प्रहरी टोली उपस्थित भएपनि भोलाहरुलाई नै सघाएको उनको भनाई छ ।
स्थानीय कुलचन रामकी छोरी प्रेमकुमारी बिरामी भएपछि झाँक्रीको काम गर्ने भोला झारफुक गर्न गएको र उनले इमलीदेवीले बोक्सी लगाएको बताएपछि भोला स्वयं तथा उनका छोरा संजय, बेचन राम र निजका छोरा बीरेन्द्रसहितका व्यक्तिहरु गएर इमलीदेवीलाई कुटपिट गरेका हुन् । इमलीदेवीका अनुसार कुटपिट गरिसकेपछि सबै आ–आफ्नो घर गएको र आफूलाई उपचारका लागि कसैले सहयोग नगरेको बताइन् ।
बल्ल–बल्ल उपचारका लागि अस्पतालसम्म आएको बताउँदै उनले न्यायका लागि पहल गरिदिन सबैसँग आग्रह गरेकी छिन् ।
यता सेतु सामुदायिक तथा मानवअधिकार मंच (सेकडिहुरफका अध्यक्ष जंगबहादुर सिंहले प्रहरीको उपस्थितिमा महिलालाई बोक्सीको आरोप लगाउँदै गरिएको कुटपिटको भत्ृस्ना गर्नुभएको छ ।
उहाँले पीडित महिलालाई न्याय दिलाइदिन स्थानीय प्रशासनसँग आग्रह समेत गर्नुभएको छ ।
दैनिक संवाददाता
राजविराज, ३० जेठ ।
विवाह गरेर पनि सन्तान जन्माउन नदिइएकी एक महिलाले अब सन्तान जन्माउन पाउने भएकी छिन् ।
सप्तरीको खोक्सर प्रवाहा गाविसकी महिलाले चौथो पटक बोकेको गर्भ पनि तुहाउने परिवारजनले निर्णय गरिसकेको अवस्थामा ती महिलाले न्याय पाउने भएकी हुन् । यसअघि तीन पटक बोकेको गर्भ जर्वजस्ती तरिकाले तुहाएको उनका पतिसहितकाले यस पटक पनि गर्भ फ्याक्ने तय गरिसकेका थिए ।
खोक्सर प्रवाहा गाविस ७ निवासी तजमुल मियाँकी कान्छी पत्नी सकिला खातुनसँग बिगत ८ बर्षदेखि यस्तो अन्याय हुँदै आएको थियो । पछिल्लो पटक चौथो गर्भलाई तुहाउन भन्दा नमानेकी सकिलालाई घर परिवारले घर निकाला गरेका थिए । घर निकाला भएकी उनले न्यायका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि बिहीबार उनको गर्भको रक्षा गर्ने निर्णय गरिएको छ ।
घर परिवार समेतको उपस्थितिमा जिल्ला प्रहरीमा भएको छलफलमा तजमुलको नाममा भएको सम्पूर्ण सम्पत्ति दुई श्रीमति र तजमुल गरी तीनै जनाको नाममा राख्ने, तजमुलले सकिलासँग लिएका सम्पूर्ण गहना फिर्ता गर्ने, उनको जीऊज्यानको सुरक्षा गर्ने, बच्चा नजनेसम्म गर्भ तथा उनको रेखदेख गर्ने जिम्मेबारी तजमुललाई दिइएको छ । सम्पत्ति एक हप्ताभित्र सकिलासहितको नाममा राख्न प्रहरीले तजमुललाई निर्देशन दिएको छ ।
२०६३ साल चैत ७ गते तजमुलले गाउँकै सकिलालाई दोस्रो पत्नीको रुपमा भित्र्याएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/16 मापदण्ड विपरीत सञ्चालनमा रहेका विद्यालयको संख्या एक दर्जन भन्दा बढी
- 2082/02/16 चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त
- 2082/02/16 पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी
- 2082/02/16 चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन
- 2082/02/16 गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
- 2082/02/16 मधेश प्रदेशमा एक दर्जन प्रेस स्वतन्त्रता सेनानी सम्मानित
- 2082/02/16 ओमशान्ति मिडियाले दुई पत्रिका बजारमा ल्याउँदै
- 2082/02/14 रावि नपाको गाडीको ठक्करबाट घाइते भएका किशोरको उपचार खर्चको माग गर्दै धर्ना
- 2082/02/14 सडक निर्माणको माग गर्दै सडक जाम
- 2082/02/14 गणतन्त्र स्थापनापछी मुलुकका सम्पूर्ण नागरिकहरु अधिकार सम्पन्न भएका छन् ः मधेश प्रदेशका संचारमन्त्री लेखी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ