News Category 2073/10/19
चुनावको मिति घोषणा भएसँगै सरकारसँग सम्बन्ध बिच्छेद ः महतो
दैनिक समाचारदाता
काठमाडौं, १८ माघ ।
सद्भावना पार्टीका राजेन्द्र महतोले संविधान संशोधन नगरी चुनावको मिति घोषणा गरे सरकारसँगको सम्बन्धविच्छेद गर्ने र आन्दोलनमा जाने चेतावनी दिनुभएको छ ।
अध्यक्ष महतोले संविधान संशोधन नभई चुनावको मिति घोषणा गरे त्यसलाई कुनै हालतमा नमान्ने अडान दोह¥याउदै भन्नुभयो, “प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जान्छौं, सरकारसँग सम्बन्धविच्छेद गर्छौं ।’
प्रमुख दलहरु अन्तरिम संविधानबाट पनि पछि हटेको भन्दै उहाँले अब बेइमानी नचल्ने बताउनुभयो । सद्भावना अध्यक्ष महतोले संविधान संशोधनमार्फत जनताका अधिकार स्थापित गर्ने कुरामा एमालेले बेइमानी गरेको आरोप लगाउनुभयो ।
एमालेले धेरै बेईमानी गरिसकेको भन्दै उहाँले यसको हिसाबकिताब जनताले दिनेछ भन्नुहुँदै “त्यसैको तयारी स्वरुप अहिले एमालेमुक्त मधेश बनाउने कुरा पनि भइरहेको छ ।” स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन कुनै हालतमा पनि मान्य नभएको उहाँले बताउनुभयो ।
स्थानीय तह पुनर्संरचना भद्रगोल रहेको कुरा नुवाकोटको आन्दोलनले नै पुष्टि गरिसकेको उहाँको दाबी छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ