News Category 2073/10/19
किसान संघको राष्ट्रिय सम्मेलन राजविराजमा
दैनिक समाचारदाता
राजविराज, १८ माघ ।
नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी किसान संघको दोश्रो राष्ट्रिय सम्मेलन माघ २८ गते शुक्रबार राजविराजमा हुने भएको छ ।
मंगलबार राजविराजस्थित नेपाल पत्रकार महासंघ सप्तरी शाखाको भवनमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो ।
आयोजित पत्रकार सम्मेलनमा पार्टीका तथा किसान संघका केन्द्रिय सदस्य एवं सांसद डिल्ली प्रसाद काफ्लेले सम्मेलनबाट देशभरीका किसानहरुको समस्या पहिचान गरेर सम्बन्धीत निकायसमक्ष समाधानका लागि पहल गर्ने बताउनुभयो ।
उहाँले ५० जिल्लाका ३ सय प्रतिनिधी पर्यवेक्षकहरुले राष्ट्रिय सम्मेलनमा सहभागिता रहने बताउँदै सम्मेलनको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गर्नुहुने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
संचारकर्मीहरुको एक प्रश्नको जवाफ दिँदै साँसद काफ्लेले मजदुर किसान पार्टी संघीयता बिरोधी नभएको प्रष्ट पार्दै मुलुकमा १४ प्रदेशको अवधारणा पार्टीले अघि सारेको दाबी गर्नुभयो ।
उहाँले पार्टी भारत बिरोधी नभएको भन्दै कुनै पनि बाहिरी मुलुकले नेपालको आन्तरिक मामिलामा दखल दिन नमिल्ने जिकिर गर्नुभयो ।
सो अवसरमा पार्टीका जिल्ला अध्यक्ष एवं किसान संघका केन्द्रिय सदस्य दिगम्बर यादव, नेपाल क्रान्तिकारी युवा संघका केन्द्रिय सदस्य देवनारायण यादव, किसान संघका जिल्ला सदस्य बिरेन्द्र मण्डल, पार्टीका जिल्ला सदस्य दिपु यादवको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ