News Category 2070/06/22
ज्वाला सिंहको जिल्ला कमाण्डर पक्राउ
दैनिक संवाददाता
राजविराज, २१ असोज ।
संविधानभा निर्वाचनको मिति नजिकैजाँदा सप्तरीमा अपराधिक प्रवृतीका मानिसहरुको आगमन भइरहेको सूचना पाएपछि प्रहरीले सशस्त्र भूमिगत समूह ज्वाला सिंह नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाका जिल्ला कमाण्डरलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको लौनिया गाविस १ निवासी मनिस भनिने भुवनेश्वर मण्डल रहेका छन् । मण्डललाई प्रहरीले जिल्लाको लालापट्टी गाविस वडा नं. ३ बाट पक्राउ गरेको सोमबार आयोजित पत्रकार सम्मेलनमा सप्तरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिनेश अमात्यले जानकारी दिनुभयो ।
प्रहरी उपरिक्षक अमात्यले पक्राउ परेका मण्डल विगतमा जयकृष्ण गोइत नेतृत्व अखिल तराई मुक्ति मोर्चाका क्षेत्रिय कमाण्डर तथा पार्टी विभाजन पश्चात् ज्वाला नेतृत्वको समूहमा जिल्ला कमाण्डरको रुपमा कार्यरत रहेको जानकारी दिनुभयो ।
उहाँले सुरक्षा व्यवस्था कडा पार्न प्रहरीले अपराधिक प्रवृतिका व्यक्तिहमाथी कडा निगरानी राखिरहेको जानकारी दिनुभयो ।
विगतदेखी नै विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहेको मण्डलमाथी २०६६ साल चैत ३१ गते सप्तरीको लौनिया १ निवासी शैलेश कुमार मण्डललाई हत्या गरेको आरोप, चारवटा अपहरण तथा बसमा आगजनी गरेको मुद्दाहरु रहेको प्रहरीले जनाएको छ ।
यता पक्राउ परेका मण्डलले भारतको हडियाहीस्थित ससुराली घरमा आराम गरिरहेका बेला प्रहरीले पक्राउ गरेको बताएका छन् । जनतान्त्रिक तराई मुक्ति मोर्चा भगतसिंह समूहमा आफू गत २८ महिनादेखि लागेको र आफ्नो समूह सरकारलाई हतियार बुझाई वार्तामा रहेको उनले पत्रकारहरूलाई बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ