News Category 2073/10/19
कलात्मक मूर्ती बनाउन व्यस्त शुभनारायण
दैनिक समाचारदाता राजविराज, १८ माघ । मूर्ति बनाउँने पेशाबाट बिदेशको जस्तो स्वदेशमै बसेर आम्दानी गर्दै आएका छन यहाँका मुर्तिकारहरु । सप्तरीको सदरमुकाम राजविराजमा मूर्ति बनाउने पेशा अपनाएर एक मुर्तिकार बिदेशकै जस्तो आम्दानी गर्दै आएका छन । सप्तरीको बभनगामाकट्टी गाविस १ तोपा निवासी शुभ नारायण मण्डल घरमै बसेर मुर्ति बनाउने पेशा अपनाएर बिदेशकै जस्तो आम्दानी गर्दै आएका छन । सीप सिकेर आप्mनै देशमा बसेर मण्डलले बिदेशको जस्तो सिजन अनुसार मासिक ५ लाख सम्म आन्दानी गर्दै आएको बताउँछन । चार पाँच कक्षासम्म मात्र अध्ययन गरेका उनी अन्य युवाहरुलाई समेत सीप सिकेर बिदेशको जस्तो आम्दानी गर्न सकिने बताउँछन । मण्डल आफु नपढेपनि आप्mना एक छोरा र एक छोरीलाई घर नजिकै रहेको बोर्डिङ्ग स्कुलमा बढाउँदै आएका छन । त्यस्तै शुभ नारायणका सम्पुर्ण परिवार नै मुर्ति बनाउने पेशा अपनाएर नै घरमै बसी मगन्य आम्दानी गर्दै आएका छन । मण्डलका बुबा कुशेश्वर मण्डल सानै उमेरदेखि मुर्ति बनाउन सिकेको तथा सिजन अनुसार उनी पनि मासिक लाखौ आम्दानी गर्दै आएका छन । पहिला बुबाले सो पेशा अपनाउँदै आएकोमा अहिले आफु पनि मुर्ति बनाउने पेशालाई अंगालेर आम्दानी गर्दै आएको उनी बताउँछन । सिजन अनुसार कृष्णा अष्टमी, अन्नत चर्तुदर्शी, वडा दशै, बाबा विश्वकर्मा, काली पुजा, लक्ष्मी पुजा, श्री पञ्चमी लगायतका कलात्मक मुर्तिहरु बनाउन उनी ख्याती छन् । यस वर्ष मात्र श्री पञ्चमीको अवसरमा ७० वटा कलात्मक मुर्ति बनाइरहेका तथा सो बापत करिब एक लाख भन्दा बढी आम्दानी गर्न सकिने जानकारी दिए । उनी मुर्ति बनाउँने पेशाबाट नै दश जना परिवारको समेत गुजारा चलाउँनुका साथै करिब ३० कठ खेत खरिद गरेका छन् । यसबाहेक दुई तल्ले घर र थप चार तल्ले घर निर्माण गरीसकेको उनी बताउँछन । यस बाहेक मण्डल खेतिपाति गर्नुका साथै विवाहको मण्डप, रंग पेन्ट लगातका कामहरु गर्ने गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
- 2082/10/13 विपन्न विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण
- 2082/10/13 नेशनल प्याब्सन सप्तरीका पुर्व अध्यक्ष साहको निधन
- 2082/10/13 रहेनन् पुराना काँग्रेसी भरत
- 2082/10/11 सप्तरीमा १ सय २ मध्ये २० जना महिला उम्मेदवार, पार्टीको टिकटबाट मात्र ७ जना तथा १३ जनाको स्वतन्त्र उम्मेदवारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ