News Category 2073/10/20
राज्य र मुख्य दलहरुले मधेशी पत्रकार र मिडियासँग विभेद गरिरहेको आरोप
दैनिक समाचारदाता
राजविराज, १९ माघ ।
मधेशी पत्रकार समाजले जनकपुरबाट शुरु गरेको आम संचार जागरण अभियान अन्तरगत बुधबार राजविराजमा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।
आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले राज्य र मुख्य दलहरुले मधेशी पत्रकार र मिडियासँग विभेद गरिरहेको आरोप लगाउँदै सो विभेदबिरुद्व लड्नुपर्ने बताएका छन् ।
सो कार्यक्रममा राजनीतिक दलका प्रतिनिधी तथा जिल्लाका संचारकर्मीहरुले नेपाल पत्रकार महासंघ छाता संगठन भएपनि आफ्नो दल र समुदायका लागि मात्रै काम गरिरहेको आरोप लगाउँदै प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघ दुबै मधेशबिरोधी रहेको ठहर गरेका छन् ।
प्रेस काउन्सिल नेपालले मधेशका पत्रिकाहरुलाई वर्गीकरणबाट झारेर मधेशबिरोधी चरित्र देखाएको भन्दै त्यसलाई सुधार गर्न आवश्यक रहेको जिकिर गरे ।
मधेशी पत्रकार समाजका केन्द्रिय अध्यक्ष मोहन सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिबारी, तराई मधेश लोकतान्त्रिक पार्टीका सह महामन्त्री जयप्रकाश ठाकुर, फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य शैलेश चौधरी, मधेशी मोर्चा सप्तरीका संयोजक एवं नेपाल सद्भावना पार्टीका अध्यक्ष अमरनाथ मण्डल, सद्भावना पार्टीका अध्यक्ष सुनिल झा, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष सतिश सिंह, अधिबक्ता अशोक चौधरी, नेपाल पत्रकार महासंघ सप्तरीका कार्यवाहक अध्यक्ष श्रवणकुमार देव, सचिव ओमप्रकाश साह, पत्रकार शुभचन्द्र झा, पंकज झा सहितकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ