News Category 2073/10/21
सांसद झाद्वारा तिलाठीमा बृद्धाआश्रमको शिलान्यास
दैनिक समाचारदाता
राजविराज, २० माघ ।
ब्यवस्थापिका संसदको महिला, बालवालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रन्जु कुमारी झाले सप्तरीको तिलाठी गाविसमा बिहीबार बृद्धाआश्रमको शिलान्यास गर्नुभएको छ ।
सांसद झाकै पहलमा उहाँको सासु प्रेमलता देवी ठाकुरले तिलाठी ७ मा झण्डै २५ लाख मूल्य पर्ने ३ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएपछि बृद्धाआश्रमको निर्माण थालिएको हो ।
जग्गादाता प्रेमलता देवी ठाकुरले स्व. पति दुखमोचन ठाकुरको स्मृति एवम् सम्मानमा निःशुल्क जग्गा उपलब्ध गराइएको बताउँदै सो बृद्धाश्रमको नामाकरण पनि स्व. पतिको नाम जोडेर गरिने जानकारी दिईन ।
६ कोठे विश्राम कक्ष, भान्सा कोठा, वाथरुम, शौचालय, धार्मिक ग्रन्थ सहितको पुस्तकालय तथा कम्पाउण्ड वाल लगायतका निार्मण कार्य गरिने बृद्धाश्रम निर्माणमा झण्डै ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सुविधा सम्पन्न बृद्धाआश्रम दुई वर्ष भित्र निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने घोषणा समेत गरिएको छ ।
जसमध्ये महिला, वालवालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिकी सभापति झाले सांसद विकास कोषबाट करिब १६ लाख रुपैयाँ उपलब्ध गराउने भएकी छिन् । अन्य रकम स्थानीय श्रोत सहयोग तथा जनश्रमदानबाट जुटाउने सभापति झाको तयारी छ ।
सांसद झाले विहीवारै सोही गाविसस्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयमा निर्माण हुने २ कोठे ब्लक भवनको शिलान्यास समेत गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ