News Category 2073/10/22
परिमार्जनसहितको संविधान संशोधनको प्रस्ताव पारित नभएसम्म मुलुकमा कुनै निर्वाचन असम्भव ः गच्छदार
दैनिक समाचारदाता
राजविराज, २१ माघ ।
मधेशी जनअधिकार फोरम नेपाल गणतान्त्रिकका अध्यक्ष बिजय कुमार गच्छदारले परिमार्जनसहितको संविधान संशोधनको प्रस्ताव पारित नभएसम्म मुलुकमा कुनै निर्वाचन सम्भव नहुने दाबी गर्नुभएको छ ।
शुक्रबार राजविराजमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष गच्छदारले सो दाबी गर्दै संविधान संशोधन बिना निर्वाचन गर्न खोजिए मुलुकमा झन द्वन्द्व बढ्न सक्ने खतरा रहेको उल्लेख गर्नुभयो ।
उहाँले स्थानिय तह पुर्नसंरचना आयोगको प्रतिवेदन परिमार्जन गरी मधेशी मोर्चालाई समेत सहमतिमा ल्याएर निर्वाचनको मिति तोक्नु पर्ने बताउँदै पूर्व मेचीदेखी पश्चिम महाकालीका जनताहरु अधिकारका लागि लडिरहेको बताउनुभयो ।
जारि संविधानलाई अझै कार्यान्वयन गर्न नसक्नुले विश्वको उत्कृष्ट संविधान भन्ने तीन दलले त्यसको नैतिक रुपमा जिम्मेवारी लिनुपर्ने बताउँदै उहाँले राष्ट्रिय राजनीति पनि उही तीन दलकै हातमा रहेकोले उनीहरु अझैं गम्भिर नरहेको आरोप लगाउनुभयो ।
पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहनु भएका अध्यक्ष गच्छदारले मुलुकका करिब ५० लाख युवाहरु विदेश गइसकेको अवस्थामा मुलुकमा बेरोजगारी समस्या बढेकोप्रति राज्य त्यसप्रति संवेदनशिल नरहेको आरोप समेत लगाउनुभयो ।
सोही भेलामा पार्टीका महासचिव जितेन्द्र नारायण, केन्द्रिय सदस्य एवं सांसद डा. सुबोध कुमार पोखरेल, गिता चौधरी लगायतका वक्ताहरुले मधेशवादी दलहरुलाई सहमतिमा लिएर निर्वाचनको मिति तोक्नु पर्ने धारणा राख्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ