News Category 2070/06/22
गणतान्त्रिक र अखण्ड नेपालका दुई जना उम्मेदवारको उम्मेदवारी रद्द
दैनिक संवाददाता
राजविराज, २१ असोज ।
संबिधानसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन दत्र्ता गराएका सप्तरीका दुई जना उम्मेदवारको उम्मेदवारी रद्द गरिएको छ ।
उमेर नपुगेका र प्रस्ताव, समर्थक अर्काे क्षेत्रको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मधेशी जनअधिकार फोरम गणतान्त्रिक र अखण्ड नेपाल पार्टीका दुई जना उम्मेदवारको उम्मेदवारी रद्द गरेको हो ।
मधेशी जनअधिकार फोरम गणतान्त्रिकको तर्फबाट सप्तरीको क्षेत्र नम्बर ६ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दत्र्ता गराएका अरवेन्द्र कुमार यादवको उमेर २५ बर्ष नपुगेको भन्दै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी रद्द गरेको जिल्ला निर्वाच कार्यालय सप्तरीका प्रमुख प्रदीप साहले जानकारी दिनुभयो । यादवको उमेर २४ बर्ष २ महिना १४ दिन मात्र पुगेको पाईएकाले उनको उम्मेदवारी रद्द गरेको जनाएको छ ।
यस्तै अखण्ड नेपाल पार्टीको तर्फबाट सप्तरीको क्षेत्र नम्बर २ मा उम्मेदवारी मनोनयन दत्र्ता गराएका सन्तोष कुमार यादवको पनि उम्मेदवारी मनोनयन रद्द गरेको छ ।
उनको प्रस्ताव र समर्थक अर्काे निर्वाचन क्षेत्रको भएकाले उनको उम्मेदवारी रद्द गरिएको जिल्ला निर्वाच कार्यालय सप्तरीका प्रमुख साहले जानकारी दिनुभयो । उहाँको प्रस्ताव र समर्थक क्षेत्र नम्बर ३ का मतदाता भएकाले उम्मेदवारी रद्द गरिएको साहले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ