News Category 2070/06/22
सप्तरीमा चुनाव प्रचारप्रसार तीव्रता उम्मेदवारहरु गाउ“ गाउ“मा
दैनिक संवाददाता
राजविराज, २१ असोज ।
आगामी मंसीर ४ गते हुने संविधानसभा निर्वाचनका लागि प्रत्यक्षतर्पmको उम्मेदवारी मनोनयन दत्र्तासँगै सप्तरीमा चुनावको प्रचारप्रसारले तीव्रता पाएको छ ।
मनोनयन दत्र्ता गराएसँगै बिभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु मत माग्न अहिले जनताको घरदैलोमा पुग्न थालेका छन् ।
आफु बिजयी भए जनताको पक्षमा संबिधान बनाउने कसम खाँदै उम्मेदवारीले मतदातालाई भेटेर आ–आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्न थालेका छन् ।
कतिपय उम्मेदवारले मोटरसाइकलमा आफ्नो दलको चुनाव चिन्ह भएको झण्डा बोकेर गाउँ पस्न थालेका छन् भने कतिपय उम्मेदवारहरु जिप मारुती लगायतका साधनमा झण बोकेर प्रचारप्रसार गर्नजुटेका छन् ।
दैनिक जसो मतदाताहरुसँग अन्तरक्रिया गर्ने दलका उम्मेदवारहरु आफ्ना समर्थकहरुसँगै मतदाताहरुको घरदैलोमा पुग्न थालेपछि गाउँ घरमा समेत राजनीतिक गतिबिधीहरु बढ्न थालेका छन् ।
सप्तरीको ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको चुनाव प्रचारप्रसारले तिब्रता पाएपछि गाउँ गाउँमा चुनावको माहौल बन्दै गएको छ ।
उम्मेदवारहरु आफ्नो चुनावी एजेण्डा बोकेर गाउँ गाउँमा चुवना प्रचारप्रसार गर्न जुटेपछि सप्तरीको चियापसलदेखि जमघट हुने स्थानहरुमा समेत चुनावी चर्चा परिचर्चा हुन थालेका छन् ।
अघिल्लो संबिधानसभाको निर्वाचनमा भन्दा यसपालिको चुनावमा उम्मेदवारको संख्या बढी भएकाले पनि चुनावी प्रचारप्रचार बढेको स्थानियहरु बताउँछन् । दैनिक दश देखि १५ वटा दलका उम्मेदवारहरु गाउँमा चुनाव प्रचार प्रसारका लागि आउने गरेको सप्तरीको बोदे बर्साइन गाविसका प्रमोद यादव बताउनुहुन्छ ।
पहिलो संविधानसभाले नयाँ संविधान बनाउन नसकेपछि निराश बनेका सप्तरीबासीहरु दोस्रो संविधानसभाको निर्वाचनले नयाँ संविधान बनाउन सक्नेमा सतप्रतिशत विश्वस्त हुन नसकेपनि नेताहरु इमान्दार भए संबिधान निर्माण भने असम्भव नभएको बताउनुहुन्छ ।
सत्तास्वार्थमै नेताहरु केन्द्रीत भएकाले संबिधान बन्न नसकेपनि अबको निर्वाचनमा इमान्दार र संबिधान बनाउन सक्ने उम्मेदवारलाई मतदान गर्ने यहाँका बौधिक व्यक्तित्वहरु बताउनुहुन्छ ।
नेपालमै सबैभन्दा बढी ११४ गाविस भएको सप्तरीमा फोटो सहितको मतदाता नामावलीमा २ लाख ९७ हजार ६ सय २४ मतदाता रहेका छन् । विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी सप्तरीमा प्रत्यक्षतर्फ २ सय ६० जनाले आ–आफनो निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ