News Category 2070/06/24
सप्तरीमा २ सय ५० जना उम्मेदबार आठ जनाद्वारा उम्मेदवारी फिर्ता, दुईको रद्द
दैनिक संवाददाता
राजविराज, २३ असोज ।
निर्वाचन आयोगले बुधवार प्रत्यक्षतर्फका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ ।
निर्वाचन आयोगले गरेको अन्तिम नामावली अनुसार सप्तरीमा ६ वटै क्षेत्रमा २ सय ५० जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।
यसैबीच संबिधानसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ सप्तरीको बिभिन्न क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता गराएका आठ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
सप्तरीको क्षेत्र नम्बर १ मा संघीय समाजवादी पार्टीको तर्फबाट उम्मेदवारी दिएका ललन चौधरी र सोसल रिपब्लिकन पार्टीका तर्फबाट क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका मो. इजहार अलीले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख प्रदीप साहले जानकारी दिनुभयो ।
यस्तै स्वतन्त्र उम्मेदवारी दिएका क्षेत्र नम्बर २ का फाजिल मन्सुरी, क्षेत्र नम्बर ३ का शिवप्रताप साह र पंकज झा, क्षेत्र नम्बर ४ का गुञ्जेश्वर यादव र अमरनाथ यादव र क्षेत्र नम्बर ५ मा एकिकृत नेकपा माओवादीबाट असन्तुष्ट भएर स्वतन्त्र हैसियतमा उम्मेदवारी मनोनयन दर्ता गराएका बौली चौधरीले आफ्नो उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख साहले बताउनुभयो । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन मंगलवारसम्मको समय उपलब्ध गराएका थियो ।
यसअघि सोमवार मात्रै सप्तरीको क्षेत्र नम्बर २ मा अखण्ड नेपाल पार्टीबाट उम्मेदवारी दर्ता गराएका सन्तोष कुमार यादव र मधेशी जनअधिकार फोरम गणतान्त्रिका तर्फबाट क्षेत्र नम्बर ६ मा उम्मेदवारी दर्ता गराएका अरवेन्द्र कुमार यादवको उम्मेदवारी सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयले रद्द गरेको थियो ।
अखण्ड नेपाल पार्टीका उम्मेदवारको प्रस्तावक र समर्थक सम्बन्धित क्षेत्रको नभएको र फोरम गणतान्त्रिकका उम्मेदवारको २५ बर्ष उमेर नपुगेको भन्दै उहाँ दुबै जनाको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले रद्द गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ