News Category 2070/06/25
विगतको भन्दा यस पटक झण्डै दोब्बर उम्मेदबारले प्रतिस्पर्धा गर्ने
दैनिक संवाददाता
राजविराज, २४ असोज ।
आगामी मंसीर ४ गते हुने दोश्रो संबिधानसभा निर्वाचनमा सप्तरीको ६ वटै क्षेत्रमा प्रत्यक्षतर्फ २ सय ५० जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।
निर्वाचन आयोगले हिजो सार्वजनिक गरेको प्रत्यक्षतर्फ यसैबीच संबिधानसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरुको अन्तिम नामावली अनुसार सप्तरीमा राजनीतिक दल र स्वतन्त्रका गरी २ सय ५० जना बीच प्रतिष्पर्धा गर्ने निश्चित भएको हो ।
सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा ४३ जना, क्षेत्र नम्बर २ मा ५१ जना, क्षेत्र नम्बर ३ मा ४४ जना, क्षेत्र नम्बर ४ मा ४२ जना, क्षे नम्बर ५ मा ३७ जना र क्षेत्र नम्बर ६ मा ३३ जनाले प्रतिस्पर्धा गर्ने जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
यो संख्या अघिल्लो संबिधानसभाको निर्वाचनको भन्दा झण्डै दोब्बर संख्या हो । गत २०६४ सालमा भएको संबिधानसभा निर्वाचनमा सप्तरीमा बिभिन्न दल र स्वतन्त्र गरी सप्तरीको ६ वटै निर्वाचन क्षेत्रमा १ सय ४४ जना उम्मेदवारले प्रतिष्पर्धा गरेका थिए ।
आगामी संबिधानसभा निर्वाचनका लागि गएको बिहीवार सप्तरीको ६ वटै क्षेत्रबाट २ सय ६० जनाले उम्मेदवारी मनोनयन दत्र्ता गराएकोमा दलका दुई र स्वतन्त्र ६ गरी आठ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
सप्तरीको क्षेत्र नम्बर १ मा संघीय समाजवादी पार्टीको तर्फबाट उम्मेदवारी दिएका ललन चौधरी र सोसल रिपब्लिकन पार्टीका तर्फबाट क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका मो. इजहार अलीले गत मंगलवार उम्मेदवारी फिर्ता लिनुभएको थियो ।
यस्तै स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका क्षेत्र नम्बर २ का फाजिल मन्सुरी, क्षेत्र नम्बर ३ का शिवप्रताप साह र पंकज झा, क्षेत्र नम्बर ४ का गुञ्जेश्वर यादव र अमरनाथ यादव र क्षेत्र नम्बर ५ मा एकिकृत नेकपा माओवादीबाट असन्तुष्ट भएर स्वतन्त्र हैसियतमा उम्मेदवारी मनोनयन दर्ता गराएका बौली चौधरीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको थियो ।
यसअघि गत सोमवार मात्रै सप्तरीको क्षेत्र नम्बर २ मा अखण्ड नेपाल पार्टीबाट उम्मेदवारी दर्ता गराएका सन्तोष कुमार यादवको प्रस्ताव र समर्थक सम्बन्धित क्षेत्रको नभएको तथा मधेशी जनअधिकार फोरम गणतान्त्रिका तर्फबाट क्षेत्र नम्बर ६ मा उम्मेदवारी दर्ता गराएका अरवेन्द्र कुमार यादवको २५ बर्ष उमेर नपुगेको भन्दै सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयले दुबै जनाको उम्मेदवारी रद्द गरेको थियो ।
कुल २ ला ९४ हजार ६ सय ८२ मतदाता रहेको सप्तरीमा आगामी मंसीर ४ गते हुने निर्वाचनका लागि जिल्लाको ६ वटै निर्वाचन क्षेत्रमा ४ सय ६८ वटा मतदान केन्द्र तोकिएको छ ।
सप्तरीको क्षेत्र नं १ मा ८६, क्षेत्र नं. २ मा ७४, क्षेत्र नं. ३ मा ८१, क्षेत्र नं. ४ मा ७५, क्षेत्र नं. ५ मा ७६ र क्षेत्र नं. ६ मा ७६ गरि जम्मा ४ सय ६९ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
- 2082/05/27 थप १५ जना कैदीबन्दी पक्राउ, एक कैदी मृत फेला
- 2082/05/26 स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
- 2082/05/26 फरार ४२ जना कैदीबन्दी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ