News Category 2070/02/31
एमाले सप्तरीमा न्यौपाने पुनः निर्वाचित
दैनिक संवाददाता
राजविराज, ३० जेठ ।
नेकपा एमाले सप्तरीको अध्यक्षमा गोबिन्द न्यौपाने पुनः निर्वाचित हुनुभएको छ ।
करिब तीन साता अगाडि भएको जिल्ला अधिवेसनमा सर्वसम्मति हुन नसकेपछि मंगलबार सम्पन्न निर्वाचन माध्यमले न्यौपाने पुनः अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
मत परिणाम अनुसार न्यौपानेले २ सय ५५ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी देवनारायण चौधरीले १ सय ७६ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्ष, सचिव र सह सचिवमा न्यौपानेकै प्यानल विजयी भएको छ । जस अनुसार अब्दुल मजिद साकिर २ सय ५९ मत ल्याई उपाध्यक्षमा, शम्भु यादव २ सय २९ मत ल्याई सचिवमा र प्रतापनारायण चौधरी २ सय ४० मत ल्याई सह सचिवमा निर्वाचित हुनुभएको छ ।
सदस्यहरुमा चौधरी प्यानलका दुर्गानन्द ठाकुर, शुभनारायण यादव, जयप्रकाश ठाकुर, मञ्जुदेवी साह, महेन्द्रनारायण पासवान, बिनोदकुमार यादव र अखिलेशकुमार झा गरी सात जना मात्र निर्वाचित भएका छन भने बाँकी सबै न्यौपाने प्यानलकै निर्वाचित हुनुभएको छ ।
सदस्य पदमा निर्वाचित हुने न्यौपाने प्यानलका इशवरी पोखरेल, सरिता गिरी, लक्ष्मी श्रेष्ठ, तारा सुवेदी, कुसुम आचार्य, जसोमति देवी, माधवी साह, सरस्वती परियार , देवराज शर्मा, प्रदीपकुमार मण्डल, विश्वनाथ मण्डल, विसुनदेव राम, चौठीलाल खंग, दुर्गानन्द सदा र वासुदेव यादव हुनुहुन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ