News Category 2070/06/31
अंचल अस्पताल फोहर भएको भन्दै बिरामीद्वारा अनसन
दैनिक संवाददाता
राजविराज, ३० असोज ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल अहिले चिकित्सक, कर्मचारी र अस्पताल विकास समितीको लापारवाहीले फोहर र दुर्घन्धित बन्दै गएको छ ।
विगत एक हप्तादेखी अस्पतालमा भर्ना भएका मधुमेह रोगका विरामी सप्तरीको कल्याणपुर ७ निवासी सत्यनारायण साह अस्पताल फोहर र दुर्घन्धित भएको भन्दै तीन दिनदेखी अनसनमा बसेका छन् ।
दश वर्षदेखी मधुमेहका बिरामी रहेका साह गत हप्ता उपचारका लागि भर्ना भएका थिए । भर्ना भए लगत्तै उनी अस्पतालमा कुचिकारहरुले सरसफाई नगरेपछि तीन दिनदेखी आफु बसेको बिरामी कक्षको आफैले सरसफाई समेत गरेका छन् । त्यसपछि उनले अस्पताल फोहर भएको भन्दै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा संचारकर्मी लगायतको उपस्थितिमा निरिक्षण गर्नुपर्ने माग राख्दै बिरामी, कुरुवा लगायत करिब २ सय जनाको हस्ताक्षर समेत संकलन गरेका छन् ।
भारतीय सरकारको सहयोगमा निर्माण भएको अस्पतालको नवनिर्मित एक सय शैयाको भवन अहिले अत्याधिक फोहर र दुर्घन्धित बनेको छ । दशैंको अवसरमा अस्पतालमा कर्मचारी र चिकित्सक समेत विदामा रहेकोले अस्पतालमा नियमित सरसफाई नभएको बिरामीहरु र कुरुवाहरुले आरोप लगाएका छन् ।
अस्पतालमा बिरामीको कुरुवा चन्दन साहले तीन चार दिनदेखी अस्पतालमा सरसफाई नभएको भन्दै बिजुली बत्ति समेत नआएकोले बिरामीसँग सँगै आफू पनि बिरामी बन्दै गएको गुनासो पोखे । त्यस्तै अर्का कुरुवा रमेश यादवले बिरामी कक्षमा सरसफाई नभएकोले सत्यनारायणले आफै सरसफाइ गरेको बताए ।
यसैगरि अस्पताल विकास समितिका सदस्य बिरेन्द्र कुमार यादवले आफूले निमित्त मेसु डा. शैलेश कुमार झालाई बारम्बार अस्पतालको समस्या र सरसफाई बारे ध्यान दिन आग्रह गरे पनि मेसुले कुनै वास्ता नगरेको आरोप समेत लगाए ।
अंचल अस्पताल अहिले डेढ सय शैयाको रहेको छ । यस बाहेक अस्पताल निर्माण भएको इमरजेन्सी सेवा भवन अगाडी पछाडी समेत फोहरको थुप्रो त्यतिकै देख्न सकिन्छ भने भवनको वरिपरि फोहर व्यवस्थापन गर्न नसक्दा जताततै फोहर फ्यालिएको छ । समयमै अस्पतालको फोहर व्यवस्थापन नगर्दा बिरामीसगै कुरुवा र अन्य व्यक्तिहरु पनि बिरामी हुन सक्ने स्थानीयहरुको भनाई छ ।
विगत एक दशकदेखी अस्पताल निमित्त मेडिकल सुपरिटेन्डेन्टको भरमा संचालन भइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ