News Category 2070/06/31
निर्वाचनको सम्पूर्ण तयारी पुरा ः आयुक्त यादव
दैनिक संवाददाता
राजविराज, ३० असोज ।
निर्वाचन आयोगका आयुक्त डा. अयोधी प्रसाद यादवले आसन्न संबिधानसभाको निर्वाचनका लागि मतपत्र छपाई बाहेक सम्पुर्ण तयारी पुरा भईसकेको बताउनुभएको छ ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा बुधबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा आयाुक्त यादवले निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले मतपत्र छपाईलाई तिब्रता दिएको बताउनुभयो ।
आगामी मंसीर ४ गतेको संबिधानसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको १ करोड २५ लाख मतपत्र छपाईको काम शुरु भईसकेको जानकारी दिनुहुँदै आयुक्त यादवले समानुपातिकतर्फको १ करोड ५० लाख मतपत्रमध्ये ९० लाख मतपत्र छपाई भईसकेको र ६० लाख मतपत्र अझै छपाई हुने बताउनुभयो ।
कुल २ सय ४० वटै निर्वाचन क्षेत्रका लागि छुट्टाछुटै मतपत्र छपाईको काम शुरु भईसकेकोले छपाई हुने बितिकै ढुवानी थालिने जानकारी दिनुहुँदै आयुक्त यादवले निर्वाचन आचार संहिताको आयोगद्वारा मुलुकभरी अनुगमन भईरहेको बताउनुभयो ।
मुलुक निर्वाचनमय बनिसकेकोले निर्वाचनमा सहयोग गर्न नेकपा–माओवादी लगायतका असन्तुष्ट दलहरुसँग आग्रह गर्नुहुदै उहाँले अब कुनै पनि हालतमा निर्वाचन नरोकिने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ