News Category 2073/12/04
मोर्चाद्वारा जिल्ला समन्वय समिति र रावि नपामा अनिश्तिकालिन तालाबन्दी, मोर्चाले “मधेश प्रदेश सरकार, जिल्ला विकास समितिको कार्यालय सप्तरी” लेख्यो
दैनिक समाचारदाता
राजविराज, ३ चैत ।
परिमार्जनसहित संविधान संशोधन र प्रदेशको मातहतमा स्थानिय तहको पुनःसंरचनाको माग गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले बिहीबारै जिल्ला समन्वय समितिको कार्यालय र राजविराज नगरपालिकामा अनिश्चितकालिन तालाबन्दी गरेको छ ।
मोर्चाले जिल्ला समन्वय समितिको कार्यालयका प्रमुख स्थानिय विकास अधिकारी सुदेव प्रसाद पोखरेलको कार्यकक्ष र प्रशासन फाँटमा तालाबन्दी गरेको हो । यस्तै राजविराज नगरपालिकाका कार्यकारी अधिकृत यादवराज सापकोटाको कार्यकक्ष र प्रशासन फाँटमा तालाबन्दी गरेको रामसपाका केन्द्रिय सचिव गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।
यसैगरि मोर्चाका संयोजक दिनेश कुमार यादवले एक विज्ञप्ति जारि गर्दै सम्पूर्ण गाविस र नगरपालिका प्रमुख र नगर वडा कार्यालयहरुमा तालाबन्दी गर्ने र निर्वाचनसँग सम्बन्धित कुनै पनि कार्यक्रमलाई अगाडि बढाउन नदिने जनाउनु भएको छ ।
यसअघि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले बिहीबारै जिल्ला समन्वय समितिको कार्यालय सप्तरी लेखिएको बोर्डलाई मेटेर मधेश प्रदेश सरकार जिल्ला विकास समितिको कार्यालय सप्तरी लेखेका छन् ।
बुधबार मात्र तत्कालिन जिल्ला विकास समितिको कार्यालय लेखिएको बोर्डलाई सो कार्यालयले जिल्ला समन्वय समितिको कार्यालय सप्तरी लेखेका थिए भने बिहीबार मोर्चाले सो बोर्डलाई पुनः मेटेर मधेश प्रदेश सरकार जिल्ला विकास समितिको कार्यालय सप्तरी लेखेका हुन् ।
मधेशी मोर्चाले अहिलेको स्थानिय तहको पुनःसंरचना आयोगको प्रतिवेदनलाई नमानिरहेको बेला जिल्लाको विकासीय कार्यालयहरुमा मधेश प्रदेश सरकार लेख्ने क्रम थालिएको मोर्चाका सप्तरी संयोजक दिनेश कुमार यादवले बताउनुभयो ।
गत फागुन २२ गते मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार नेपाल भरिका स्थानीय तह पुनःसंरचनालाई जिल्ला विकास समितिलाई जिल्ला समन्वय समितिमा परिणत गरेको थियो ।
जसअन्तरगत जिल्ला समन्वय समिति सप्तरीमा ८ वटा नगरपालिका र ९ वटा गाउँपालिका स्थानीय तह पुनःसंरचना अनुरूप कायम गरिएको छ ।
सप्तरीमा राजविराज नगरपालिका, कंचनरुप नगरपालिका, शम्भुनाथ नगरपालिका, सप्तकोशी नगरपालिका र हनुमाननगर योगिनिमाई गरि पाँच नगरपालिका कायम थियो भने नयाँ संरचना अनुसार सप्तकोशी नगरपालिकालाई गाउँपालिका बनाइएको छ ।
यस्तै पाँच नयाँ नगरपालिकामा डाक्नेश्वरी, बोदेबर्साइन, खडक, सुरुङ्गा र हनुमाननगर कंकालिनी नगरपालिका थपिएको छ भने कृष्णासवरन गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, महदेवा गाउँपालिका, सप्तकोशी गाउँपालिका, तिरहुत गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, बेल्हीचपेना गाउँपालिका र विषणपुर गाउँपालिका कायम गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/08 शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
- 2082/01/08 प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
- 2082/01/08 राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
- 2082/01/08 सिटिजन्स बैंकको वार्षिकोत्सवमा रक्तदान
- 2082/01/07 सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी
- 2082/01/06 ५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
- 2082/01/06 राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
- 2082/01/05 विकास निर्माण कार्यलाई तिब्रता दिन सुझाव
- 2082/01/04 छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा परिवार विचल्लीमा
- 2082/01/03 पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ