News Category 2073/12/04
सप्तरी घटनाको सत्यतथ्य बाहिर ल्याउन राष्ट्रिय मानवअधिकार आयोगलाई मोर्चाको अनुरोध
दैनिक समाचारदाता
राजविराज, ३ चैत ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले सप्तरी घटनाको सत्यतथ्य बाहिर ल्याइदिन राष्ट्रिय मानवअधिकार आयोगसँग अनुरोध गरेको छ ।
मोर्चाका संयोजक दिनेश कुमार यादवद्वारा बिहीबार जारि विज्ञप्तिमा घटनाको छानबिनको माँग गर्दै आयोगको दुईवटा गाडीमा गरिएको तोडफोड प्रति दुःख व्यक्त गरिएको छ ।
जारि विज्ञप्तिमा फागुन २३ गते नै गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र एमालेका कार्यक्रम भइरहँदा बाहिर प्रहरीले गोली प्रहार गरिरहेको बेला राष्ट्रिय मानवअधिकार आयोगको टोली भाषण सुन्न व्यस्त रहेकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “टोलीमा सहभागी नवलकिशोर सिंह, रेवा रेग्मीसहितका चार जना बाहिर गोली चलिरहँदा समेत एमाले नेताहरुको भाषण सुन्न व्यस्त रहेकोमा टोलीका प्रतिनिधीहरु शायद बाहिर भएको भए पाँच जनाको ज्यान जाने थिएन भन्ने महसुस गरेका छौं ।”
संचार माध्यममा आयोगका प्रतिनिधीहरु भाषण सुन्न व्यस्त रहेको भनी संचार माध्यममा आउँदा आक्रोशित भिंडले फागुन २४ गते आयोगको बा.५च ७४७३ नम्बरको गाडी तोड्फोड गरेको विज्ञप्तिम जनाउँदै यसको दुई दिनपछि फागुन २६ गते मलेठ घट्नाबारे बुझ्न आएका आयोग सदस्य एवं प्रबक्ता मोहना अन्सारी सबार गाडीमा पनि मलेठ गाविसमै आक्रोशित भिंडले ढुँगा प्रहार गरी गाडी तोड्फोड गरेको घट्नाप्रति चिन्तित भएको उल्लेख छ ।
साथै विज्ञप्तिमा पुरै मलेठ गाउँ शोकसहित आक्रोश भएको बेलामा आयोग सदस्य अन्सारी प्रहरी, प्रशासन र मोर्चासँग समेत कुनै समन्वय नगरी मलेठ गाउँ पुगेपछि आक्रोशित गाउँलेले ढुँगा प्रहार गरेको मोर्चाको बुझाई रहको भन्दै आगामी दिनमा यस किसिमको घट्ना हुन नदिनका निम्ति मोर्चा सचेत रहने विश्वास दिलाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/02 सहुलियत दरका २ सय ४० बोरा मलसहित सहकारीका संचालक पक्राउ
- 2082/08/02 जेनजी समुहले लगाएको ताला प्रशासनले फुटाएपछी विरोध प्रर्दशन
- 2082/08/01 १२ वर्षिया प्रतिक्षा हराइरहेको बेला अचानक फेसबुकमा तस्बिर सार्वजनिक भएपछी परिवारजन चकित
- 2082/07/30 स्थानीयस्तरमै आयश्रोतका साथै रोजगारीको अवस्था सृजना गरौं
- 2082/07/30 करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
- 2082/07/30 राजविराजका देवसहित चार जना खैरो हिरोइनसहित पक्राउ
- 2082/07/30 कार्यालय प्रमुखको सरुवा रोक्नु पर्ने मागसहित खानेपानी संस्थानमा तालाबन्दी
- 2082/07/29 एमाले सप्तरीद्वारा शक्ति प्रदर्शन
- 2082/07/28 लामो समयदेखी प्रअ अनुपस्थित हुँदा विद्यालयको पठनपाठनदेखी अन्य कामकाज समेत प्रभावित
- 2082/07/28 जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ