News Category 2073/12/07
मतदान केन्द्र पुनरावलोकन सम्बन्धी बैठक स्थगित, सप्तरीमा १५ राजनीतिक दल दर्ता
दैनिक समाचारदाता
राजविराज, ६ चैत ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले राजविराजमा राखेको मतदान केन्द्र पुनरावलोकन सम्बन्धी बैठक मोर्चाका नेताहरुको आग्रहमा स्थगित भएको छ ।
प्रमुख जिल्ला अधिकारीको निवासमा आइतबार सम्पन्न बैठकमा मोर्चा, सतारुढ माओवादी केन्द्र र राप्रपाका नेताहरुले जिल्लामा निर्वाचन हुन सक्ने अबस्था नरहेको बताउदै बैठक स्थगित गर्न आग्रह गरेका थिए ।
राजनैतिक दलको आग्रहमा बैठक स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो । सो बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका प्रतिनिधी अनुपस्थित थिए ।
यता जिल्ला निर्वाचन अधिकारी महेश कुमार ठाकुरले २०७३ फागुन ९ गतेसम्ममा सप्तरीमा ३ लाख ३९ हजार ६ सय ५ जनाको मतदाता संख्या दर्ता भएको जानकारी दिनुभयो । त्यसमध्ये १ लाख ७३ हजार ७ सय ४ महिला, १ लाख ७५ हजार ८ सय ७३ पुरुष र २५ जना तेश्रोलिङ्गी रहेको जानकारी दिनुभयो ।
यस्तै जिल्लामा १५ वटा राजनीतिक दलहरुले दल दर्ता गराएका छन् । दल दर्ता गराउने पार्टीहरुमा राष्ट्रिय मधेश समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक, नेपाल कम्युनिष्ट पार्टी माले, संघीय समाजवादी फोरम नेपाल, बहुजन शक्ति पार्टी, नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी संयुक्त, सद्भावना पार्टी, तराई मधेश सद्भावना पार्टी, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेपाल मजदुर किसान पार्टी र नेपाली जनता दल रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/23 निर्वाचनबाट सहि नेतृत्व र सहि ब्यक्ती चयन हुनुपर्छ ः अध्यक्ष घिसिङ
- 2082/10/23 जिल्लामा आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको छ ः नेवि संघ
- 2082/10/23 पिएम कप प्रदेशस्तरीय छनोटमा महोत्तरी बिजयी
- 2082/10/22 चुनावको मुखमा आफूलाई बदनाम गर्न विभिन्न खाले षडयन्त्र रचिदै छ ः उम्मेदवार चौधरी
- 2082/10/22 पाठेघरको मुखको क्यान्सरबाट दैनिक चार महिलाको मृत्यु
- 2082/10/22 पिएम कप प्रदेशस्तरीय छनोटमा सिरहा विजयी
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ