News Category 2082/10/23
पिएम कप प्रदेशस्तरीय छनोटमा महोत्तरी बिजयी
दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
राजविराजमा संचालित प्रधानमन्त्री कप एकदिवसीय प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा महोत्तरीले धनुषालाई ६० रनले पराजित गरेको छ ।
सप्तरी क्रिकेट संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा टस जितेर धनुषाले पहिले फिल्डिङ रोज्दै महोत्तरीलाई ब्याटिङको निम्तो दिएको थियो । ब्याटिङको अवसर पाएको महोत्तरीले ४७ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ६७ रनको बनाएको थियो ।
महोत्तरीका लागि आदित्य मण्डल र राजकुमार सहनीले समान २७÷२७ रनको योगदान दिए । त्यसैगरी श्याम मण्डलले २२ रन बनाउँदा अभिषेक तिवारीले १४ रन जोडेका थिए ।
बलिङतर्फ धनुषाका हरिशंकर र विशाल सुश्लिङले ३÷३ विकेट हात पारे भने अभिजित मण्डलले २ तथा अखिलेश ठाकुरले १ विकेट लिएका थिए ।
१ सय ६८ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको धनुषा महोत्तरीका बलरहरूको कसिलो बलिङका कारण २७ ओभर १ बलमै सबै विकेट गुमाएर मात्र १ सय ७ रनमा सीमित हुन पुगेको थियो । धनुषाका लागि मयन यादवले सर्वाधिक ३९ रन बनाए । श्याम रायले १७ र रूपेश यादवले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक पार गर्न सकेनन् ।
महोत्तरीका रमेश सहनीले ९ ओभर बलिङ गर्दै २ मेडन राखी मात्र २५ रन खर्चेर ४ विकेट हात पारे । त्यस्तै आकाश मण्डलले ३ तथा अभिषेक तिवारीले १ विकेट लिन सफल भए । उत्कृष्ट प्रदर्शन गरेका महोत्तरीका रमेश सहनी खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
उनलाई सप्तरी क्रिकेट संघका सदस्य बिरेन्द्र कुमार यादवले नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी प्रदान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ