News Category 2082/10/21
सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
दैनिक समाचारदाता
राजविराज, २१ माघ ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबारदेखी देशभर सेना परिचालन गरिएको छ । जसअन्तरगत सप्तरीको चार वटै क्षेत्रमा राजविराजस्थित सेनाको बरख गणबाट सेना परिचालन गरिएको हो ।
बरख गणका गणपति सोबित बहादुर चन्दले जिल्लाको चार वटै क्षेत्रमा गरि ६ सय ५० सेना परिचालन गरिएको जानकारी दिएका छन् ।
आसन्न निर्वाचनलाई भयरहित, शान्तिपूर्ण तथा निष्पक्ष वातावरणमा सम्पन्न गराउने उद्देश्यले सेना परिचालन गरिएको उनले जानकारी समेत दिए ।
“जिल्लाको विभिन्न क्षेत्रमा सेनाले फ्ल्याग मार्च गर्ने छ”, उनले भने, “चार वटै क्षेत्रको मुख्य मुख्य स्थानमा २४ औं घण्टा सेनाले फ्ल्याग मार्च गरि निगरानी गर्नेछ ।”
जिल्लाको चार वटै क्षेत्रमा गरि कुल २ सय ९६ मतदान स्थल मध्ये २ सय ९ मतदान स्थल अतिसंवेदनशिल र ८३ स्थल संवेदनशिल रहेको छ । गणपति चन्दले भने “जिल्लाको ४ वटा मतदान स्थल मात्र सामान्य सूची रहेका छन् ।
गणपति चन्दले भने, “निर्वाचन अवधीभर शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न, सम्भावित जोखिम न्यूनिकरण गर्न तथा जिल्लाका नागरिकलाई सुरक्षित रुपमा आफ्नो मताधिकार प्रयोग गर्न सहयोग पु¥याउने मुख्य जिम्मेवारीका साथ नेपाली सेनाको बरख गणले विभिन्न निकायहरुसँग समन्वयमा जिल्लाको विभिन्न स्थानमा सक्रियका साथ सेना परिचालन गरेको छ ।”
निर्वाचन सुरक्षाका लागी सेनाले ३ चरणमा काम गर्ने छ । जसमा मतपत्र छपाई पछि चुनावी मतदान स्थल र मतगणना स्थल सम्मको सुरक्षा समावेश रहेको उनले बताए ।
निर्वाचन सुरक्षाका लागी यहाँस्थित जिल्ला प्रहरी कार्यालयबाट १ हजार ७ सय १३ तथा सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर सप्तरीबाट ८ सय ६९ सुरक्षाकर्मी परिचालन गरिएको हो ।
यस्तै निर्वाचन सुरक्षाका लागी भर्ना गरिएका ४ हजार २ सय २२ निर्वाचन प्रहरी पनि जिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा परिचालन गरिएको छ । प्रतिनीधसभा सदस्य पदका लागी ४ निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल ४ लाख ४६ हजार ४ सय २ मतदाता छन । जसका लागी जिल्ला भर २ सय ९६ मतदान स्थल तथा ५ सय ६२ मतदान केन्द्र निर्धारण गरिएको छ ।
निर्वाचन प्रयोजनका लागी ३ हजार ३ सय ७२ कर्मचारी परिचालन हुने जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/03 शिव मन्दिरहरुमा दर्शनार्थीहरुको घुईचो
- 2082/11/03 उज्यालो नेपालका उम्मेदवारले सार्वजनिक गरे घोषणापत्र
- 2082/11/01 कारागारको सुरक्षामा खटिए नेपाली सेना, ६९ जना कैदीबन्दीले मतदान गर्न पाउने
- 2082/10/29 कार्यसम्पादन मूल्यांकनमा सुरुङ्गा प्रथम, तिलाठी कोईलाडी दोस्रो
- 2082/10/29 नयाँ–नयाँ शैलीमा चुनावी प्रचार प्रसार
- 2082/10/28 संविधान संशोधन वा पुनःलेखनको बिकल्प छैन ः उपेन्द्र यादव
- 2082/10/28 पिएम कप प्रदेश छनोटमा रौतहट बिजयी, फाइनलमा धनुषासँग भिड्ने
- 2082/10/27 काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई खोजेको हो ः काँग्रेस सभापति थापा
- 2082/10/27 मधेशवादका प्रणेता स्व. सिंहप्रति सम्मान
- 2082/10/27 घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ