News Category 2073/12/08
सिमांकन टुङ्गो नलगाई निर्वाचन गराएर देखाउन सरकारलाई अध्यक्ष ठाकुरको चुनौती
दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सिमांकनलाई टुङ्गो नलगाई निर्वाचन गराएर देखाउन सरकारलाई चुनौती दिनुभएको छ ।
सप्तरीको मलेठ गाविसमा प्रहरीको गोली लागि पाँच जनाको मृत्यु भएका परिवारजनलाई सान्त्वना दिन आउनु भएका तमलोपा अध्यक्ष ठाकुरले सोमबार संचारकर्मीहरुसँग कुराकानी गर्दै सरकारलाई सो चुनौती दिनुभएको हो ।
अधिकारका लागि संघर्ष गर्नै पर्ने बाध्यता रहेकोले संघर्षसँग सँगै वार्ता पनि चलिरहने उहाँले बताउँनुभयो । लक्ष्य प्राप्त भएपछि मात्र आन्दोलन टुङ्गिने जिकिर गर्दै प्रहरी प्रशासनले शान्तिपूर्ण आन्दोलनलमा गोली चलाएर मधेशका जनतामाथी दमन गर्नु सरकारले वार्ताको वातावरणलाई बिगार्न खोजेको उहाँको आरोप छ ।
अधिकार प्राप्तिका लागि संघर्ष आवश्यक रहेकोले विगतका विभिन्न आन्दोलनहरुबाट प्राप्त उपलब्धिहरुलाई समेत राज्यले दिन नचाहेको उहाँको आरोप छ । अध्यक्ष ठाकुरले संघर्ष सम्पूर्ण उत्पीडित वर्गको अधिकारकालागि भएको भन्दै राज्यले यसलाई प्रहरी लगाएर दबाउन खोजेकोप्रति आक्रोस समेत व्यक्त गर्नुभयो ।
अध्यक्ष ठाकुर सप्तरी घटनामा मृत्यु भएका पाँचै जनाको परिवारजनलाई भेटी सान्त्वना दिनुका साथै प्रत्येक मृतक परिवारलाई सहयोग स्वरुप पार्टीका तर्फबाट रु. २५ हजारका दरले नगद प्रदान गर्नुभयो । यसअघि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो समेतले सप्तरी घटनामा मृत्यु भएका पाँचै जनाको परिवारलाई सहयोग स्वरुप रु. २५ हजार प्रदान गर्नुभएको थियो भने मधेशी मोर्चा सप्तरीले मृतक प्रत्येक परिवारलाई किरिया खर्च वापत रु. ५१ हजारको दरले सहयोग प्रदान गरेको थियो ।
यस्तै तेली समाज, अमेरिकाका डेमोक्रेटिक पार्टीका दर्शन रौनियार, काठमाडौंका स्थानिय, मधेशी बुद्धिजिवि एवं अधिवक्ता दिपेन्द्र झा, मधेशी युवालगायतले समेत पाँचै जनाको परिवारलाई नगद सहयोग प्रदान गरेको थियो ।
गत फागुन २३ गते एमालेको मेचीमहाकाली अभियान अन्तरगत प्रहरीले चलाएको गोलीबाट मलेठ गाविसका सन्जन महतो, बिरेन्द्र महतो, पिताम्बर मण्डल, प्रसवनी गाविसका स्वास्थ्यकर्मी आनन्द साह र जमुनी मधेपुरा गाविसका इन्द्रदेव यादवको मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ