News Category 2073/12/09
निर्वाचन सम्बन्धी मतदान केन्द्र बाहेकको सम्पूर्ण कार्यहरु सम्पन्न भएको दाबी मोर्चाद्वारा जिल्लाको ८ नपा र ९ गाउँपालिकामा तालाबन्दी
नवीन कुमार गुप्ता
राजविराज, ८ चैत ।
निर्वाचन कार्यालय सप्तरीले जिल्लामा निर्वाचन सम्बन्धी मतदान केन्द्र बाहेकको सम्पूर्ण कार्यहरु सम्पन्न भइसकेको जानकारी दिएको छ ।
जिल्ला निर्वाचन अधिकारी महेश कुमार ठाकुरले मतदाता नामावली दर्ता सम्बन्धी कार्य, कर्मचारीको विवरण अध्यावधि गर्ने कार्य र निर्वाचन सामाग्रि सम्बन्धी विवरण भरेर निर्वाचन आयोगमा पठाइसेकेको जानकारी दिनुभएको छ ।
उहाँले जिल्लामा हेरफेर भएको सिमाकंनका कारण मतदान केन्द्र तोक्नका लागि चैत ६ गते जिल्ला निर्वाचन कार्यालय सप्तरीले राजविराजमा राखेको मतदान केन्द्र पुनरावलोकन सम्बन्धी बैठक मधेशी मोर्चा लगायत अन्य दलहरुले स्थगित गरेको भन्दै सो कार्य मात्र पुरा हुन नसकेको जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारीको निवासमा बसेको सो बैठकमा मोर्चा, सतारुढ माओवादी केन्द्र र राप्रपाका नेताहरुले जिल्लामा निर्वाचन हुन सक्ने अबस्था नरहेको बताउदै बैठक स्थगित गर्न आग्रह गरेको थियो ।
जिल्लामा २०७३ फागुन ९ गतेसम्ममा ३ लाख ३९ हजार ६ सय ५ जना नेपाली नागरिकता भएका मतदाताहरुको नाम दर्ता गरिएको जनाउँदै निर्वाचन अधिकारी ठाकुरले दर्ता भएका मतदाताहरु मध्ये फागुन ९ गतेसम्ममा १८ वर्ष पुगेकाहरु मात्र मतदाता हुन पाउने प्रावधान रहेको बताउनुभयो ।
दर्ता गरिएका मतदाता मध्ये १ लाख ७३ हजार ७ सय ४ महिला, १ लाख ७५ हजार ८ सय ७३ पुरुष र २५ जना तेश्रोलिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
यता संविधानको धारा २६९ बमोजिम संगठन परियोजनाकालागि निर्वाचन आयोगमा दल दर्ता गरेकाहरु मध्ये सप्तरीमा विभिन्न ३० वटा दलहरुले दल दर्ता गराएका छन् । उनीहरुले स्थानीय निर्वाचन प्रयोजनकालागि निर्वाचन आयोगले दर्ता भएका दलहरुले जिल्ला वा क्षेत्रिय निर्वाचन कार्यालयहरुमा जिल्लागत विवरण दर्ता गराउन गरेको सूचना बमोजिम सप्तरीमा ३० वटाले दर्ता गराएका हुन् ।
संविधानको धारा परिमार्जनसहितको संशोधन बिना मधेसमा स्थानीय तहको चुनाव हुन नदिने भन्दैआएका आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध पाूच घटकले सप्तरी निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् ।
मोर्चाआबद्ध उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, महेन्द्रराय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी, शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीले जिल्ला निर्वाचन कार्यालय सप्तरीमा दल दर्ता गराएका हुन् ।
यता मोर्चा आबद्ध महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिकले जिल्ला निर्वाचन कार्यालयमा २६९ बमोजिम संगठन परियोजनाकालागि निर्वाचन आयोगमा दर्ता रहेका दलहरुले जिल्ला र क्षेत्रिय निर्वाचन कार्यालयहरुमा जिल्लागत विवरणसहितको दल दर्ता गराउने नियम छ ।
स्थानीय निर्वाचन प्रयोजनकालागि दल दर्ता गराएका मोर्चाका पा“च घटकले आगामी स्थानीय तहको चुनावमा स्वतः सहभागी हुनसक्ने जिल्ला निर्वाचन अधिकारी महेश ठाकुरले जानकारी दिनुभयो ।
यस्तै दल दर्ता गराउने पार्टीहरुमा राष्ट्रिय मधेश समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, राष्ट्रिय शिव सेना पार्टी, नेपाल कम्युनिष्ट पार्टी माले, युनाइटेड ग्रिन अर्गानाइजेशन, लोक कल्याणकारी जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, बहुजन शक्ति पार्टी, नेपाल कम्युनिष्ट पार्टी माले जनसमाजवादी, नेपाल जनता पार्टी, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी, चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल, नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी संयुक्त, पिछडावर्ग निषाद दलित जनजाती पार्टी, सद्भावना पार्टी, नयाँ शक्ति पार्टी नेपाल, तराई मधेश सद्भावना पार्टी, नेकपा एमाले, देशभक्त पर्यावरणीय सामाजिक( देपसा) मोर्चा, नेकपा माओवादी केन्द्र, लोक दल, राप्रपा, बहुजन समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, मधेशी जनअधिकार फोरम मधेश र नेपाली जनता दल रहेका छन् ।
अर्को निर्वाचनकालागि संविधानको धारा २७१ बमोजिम निर्वाचन आयोगमै दल दर्ता गरेकाहरु सिधै चुनाव जान सकिन्छ ।
यसअघि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सप्तरीका सम्पूर्ण स्थानीय निकायका कार्यालयहरुमा आइतबारदेखी तालाबन्दी गरेको छ । मोर्चाका कार्यकर्ताहरू जिल्लाका ९ वटै गाँउपालिका र ८ वटा नगरपालिकामा तालाबन्दी गरेका छन्् । मोर्चाको तालाबन्दी पछि जिल्लामा निर्वाचन सम्बन्धी तयारी समेत प्रभावित भएको छ । यता तालाबन्दीले स्थानिय निकायबाट हुने जनताका कामकाज समेत प्रभावित भएको छ ।
जिल्ला समन्वय समिति सप्तरीसहित राजविराज, शम्भुनाथ, कञ्चनरुप, डाक्नेशवरी, बोदेवरसाईन, खडक, सुरुङगा र हनुमाननगर कंकालिनी नगरपालिका र कृष्णसवरण, छिन्नमस्ता, महदेवा, सप्तकोसी, तिरहुत, तिलाठी कोईलाडी, रुपनी, बेल्ही चपेना र विष्णुपुर गाउँपालिकामा समेत मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेका छन् ।
मोर्चाका जिल्ला संयोजक दिनेश कुमार यादवले बलजफ्ती रुपमा निर्वाचन गराउन खोजेको भन्दै स्थानीय तह पुर्नसंरचना आयोगले सप्तरी जिल्लामा बनाएका सम्पूर्ण नयाँ संरचनाहरुमा तालाबन्दी गरेको बताउनुभयो ।
यता मोर्चाले संघियतालाई समाप्त पार्ने षडयन्त्र गर्न खोजिएको भन्दै परिमार्जनसहित संविधान संशोधन, स्थानीय तहको पुर्नसंरचना अवैज्ञानिक र अव्यबहारिक गरिएकाले यसलाई सच्चयाइनु पर्ने, स्थानीय तहलाई केन्द्र सरकार नभई प्रदेश सरकारको मातहत राखिनु पर्ने, स्थानीय तहको निर्वाचन अगाडि संघिय तथा प्रदेशको निर्वाचन गरिनु पर्ने, समान जनसंख्याको आधारमा देशभरी स्थानीय तहको निर्धारण गरिनु पर्ने, फागुन २३ गते सप्तरीको मलेठ घट्नामा प्रहरीद्वारा हत्या गरिएका पाँच जना निर्दाेषहरुलाई शहीद घोषणा गरिनु पर्ने, मलेठ घट्नाको निष्पक्ष न्यायायीक छानबिन आयोग गठन गरिनु पर्ने, शान्तिपूर्ण आन्दोलनमा राज्यले नश्लबादी चरित्र देखाउँदै गर्दै आएको बर्बर दमन बन्द गरिनु पर्ने माग राखेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/02 जेनजी आन्दोलनका क्रममा सहिद भएकाहरुको सम्मानमा दिप प्रज्वलन
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ