News Category 2073/12/09
डुमरी शिवथान स्वास्थ्य चौकी ११ बजे खुलेर १ बजे नै बन्द हुन्छ
दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
सरकारले स्वास्थ्यमा बर्षेनी करोडौ रकम खर्चेपनि सप्तरीका स्वास्थ्य संस्थाहरुको अवस्था दिन प्रतिदिन दयनिय बन्दै गईरहेको छ ।
सप्तरी सदरमुकाम साविक राजविराज नगरपालिका १० डुमरी शिवथान हाल राजविराज नगरपालिका वडा न. १ मा रहेको स्वास्थ्य चौकी दिनहुँ बिहान ११ बजेपछि मात्र खुल्ने गरेको छ भने दिउँसो १ बजे नै बन्द हुने गरेको छ ।
उक्त स्वास्थ्य चौकी प्रत्येक दिन बिहान १० बजे खोलिनुपर्नेमा सम्बन्धित निकायकै लापरवाहीले सेवाग्राहीहरु सेवा पाउनबाट बञ्चित भएका छन् । स्थानीय राम अवतार यादवका अनुसार सो स्वास्थ्य चौकीमा सि.अहेब सहित ६ जना कर्मचारीहरुको दरबन्दी रहेपनि उक्त स्वास्थ्य चौकीमा ४ जना कर्मचारीहरु मात्र उपस्थित रहने गरेका छन् ।
त्यस्तै सो स्वास्थ्य चौकी दिनहुँ झाडापखाला, टाईफाईड, रुघाखोकी लगायतका बिरामीहरुको संख्यामा बृद्धि भएपनि बिरामीहरुलाई आवश्यक औषधि समेत उपलब्ध हुन सकिरहेको छैन् । त्यस्तै समान्य झाडापखालाका बिरामीहरु आउँदा पनि त्यहाँ चेकजाँच नभई राजविराज पठाउने गरेको उहाँको आरोप छ ।
यता सरकारी उदासिनताका कारणले जिल्लाका अधिकांश स्वास्थ्य चौकीहरुको यस्तै दयनिय अवस्था रहेको छ । स्वास्थ्य क्षेत्रलाई सुधार गर्नका लागि राज्य तथा जिल्ला जनस्वास्थय कार्यालयले नियमति रुपमा अनुगमन गर्नुपर्ने माँग स्थानीय सरोकारबालाहरुको रहेको छ ।
स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्र पनि कर्मचारीकै लापरवाहीका कारण अहिले बदनाम भइरहेको छ । जसकारण सप्तरीका स्वास्थ्य संस्थाहरु नाम मात्रको स्वास्थ्य चौकीमा सीमित भएको छ । सरकारको तलब भक्ता पचाउनका लागि तथा कार्यालयमा बसेर नै मासिक तलब खाने गरेको अवस्था रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/23 निर्वाचनबाट सहि नेतृत्व र सहि ब्यक्ती चयन हुनुपर्छ ः अध्यक्ष घिसिङ
- 2082/10/23 जिल्लामा आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको छ ः नेवि संघ
- 2082/10/23 पिएम कप प्रदेशस्तरीय छनोटमा महोत्तरी बिजयी
- 2082/10/22 चुनावको मुखमा आफूलाई बदनाम गर्न विभिन्न खाले षडयन्त्र रचिदै छ ः उम्मेदवार चौधरी
- 2082/10/22 पाठेघरको मुखको क्यान्सरबाट दैनिक चार महिलाको मृत्यु
- 2082/10/22 पिएम कप प्रदेशस्तरीय छनोटमा सिरहा विजयी
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ