News Category 2073/12/10
नयाँ शक्तिको हिमाल, पहाड, तराई मधेश राष्ट्रिय अभियान सुरु, संघीयतको मुद्दा टुंगोमा पु¥याएर मात्र चुनाव गर्नुपर्छ ः डा. भट्टराई
दैनिक समाचारदाता
सिरहा, ९ चैत ।
नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संघीयतको मुद्दा टुंगोमा पु¥याएर मात्र चुनाव गर्नुपर्ने बताउनु भएको छ ।
सिरहाको लाहानमा बुधबार नयाँ शक्ति पार्टीले सुरु गरेको हिमाल, पहाड, तराई मधेश राष्ट्रिय अभियानको बुधबार उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले संविधानले कल्पना गरेको संघीय संरचना, प्रदेश, स्थानीय तह, स्वायत्त क्षेत्र, विशेषाधिकार क्षेत्रको सीमांकनै तय नभएको अवस्थामा चुनाव गर्छु भन्नेप्रति असहमति जनाउनुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका डा. भट्टराइले नयाँ शक्ति पार्टीले देशलाई जोड्न चाहेको बताउनुभएको छ । उहाँले अहिले देशलाई तोड्न चाहने र जोड्न चाहने शक्तिहरुबीच संघर्ष चलिरहेको बेला देश जोड्नका लागि सबैलाई समान व्यवहार गरेर सबै जातजाति भाषाभाषीलाई बराबर अधिकार दिनुपर्ने बताउनुभयो ।
उहाँले इतिहासदेखि नै देशको निर्माण र रक्षा मधेशी समुदायहरु नै रहेको तथ्य रहिरहँदा मधेशीे समुदायले विखण्डन होइन देशको कार्यकारी प्रमुख बन्ने लक्ष राख्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सहसंयोजक रामचन्द्र झाले निर्वाचनको लागि उपयुक्त वातावरण नबनेकोले सबैभन्दा पहिले निर्वाचनको वातावरण बनाउनुपर्ने आवश्यकता रहेको औंल्याउनु भयो ।
उहाँले एमाले, कांग्रेस, माओवादीलगायतका पुराना राजनीतिक पार्टीहरु देशलाई निकास दिने सवालमा विफल भएकोले नयाँ शक्तिले एउटा वैकल्पिक शक्तिको रुपमा चुम्बकीय काम गरेको दाबी गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै संगठन विभाग प्रमुख देवेन्द्र पौडेल, केन्द्रीय कार्यकारी सदस्य देवी प्रसाद ओझा, नयाँ शक्तिको अन्तर्राष्ट्रिय विभाग प्रमुख हिसिला यमी, पार्टीको सुशासन आयोगका संयोजक परशुराम खापुङ, संसदीय विभाग प्रमुख केशव दाहाल, केन्द्रीय कार्यकारी सदस्य कलामुद्दीन राइन, पार्टीका सामाजिक आन्दोलन अभियानका संयोजक राम कुमार शर्मा, प्रस्तावित २ नं. प्रदेशका संयोजक महेन्द्र पासवान, नयाँ शक्ति सिरहा जिल्ला संयोजक जिवछ यादव, कार्यकारी सदस्य लक्ष्मी चौधरी थारु, पिंकी गुरुङ, रामरिझन यादवलगायतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा नयाँ शक्ति पार्टी निकट सांस्कृतिक संगठन समृद्धि सांस्कृतिक समूहले सांगितिक प्रस्तुति गरेका थिए । कार्यक्रममा विभिन्न पार्टीहरु परित्याग गरी करिब २०० जना स्थानीय नेता तथा कार्यकर्ताहरु नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् ।
नयाँ शक्ति पार्टीले राष्ट्रिय एकता निर्माणका लागि हिमाल, पहाड, तराई मधेश जोड्ने राष्ट्रिय एकता अभियान बुधबार सिराहाबाट सुरु गरेको छ । सिरहाबाट सुरु अभियान १३ गते कैलालीको धनगढीमा पुगेर समापन हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/02 जेनजी आन्दोलनका क्रममा सहिद भएकाहरुको सम्मानमा दिप प्रज्वलन
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ