News Category 2073/12/10
सप्तकोसी नगरपालिकालाई घटुवा गरेको भन्दै बिरोधलाई निरन्तरता
दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
सप्तकोसी नगरपालिकालाई घटुवा गरि सरकारले गाउँपालिकामा सिमित गरिदिएपछि त्यहा स्थानियबासि एवं राजनीतिक दल विरोधलाई निरन्तरता दिएका छन् ।
आठ विभिन्न राजनीतिक दलको बनेको सर्बदलिय संघर्ष समिति र स्थानीयबासिहरुले नगरपालिका कायम गर्न दवाब कार्यक्रम अन्तरगत नगरपालिकाको कार्यलय अगाडि बिरोध स्वरुप सडक जाम गरेका छन् ।
आठ राजनीतिक दलहरुले नगरपालिकाको कार्यलयमा चैत १ गतेदेखि तालाबन्दी गरि कामकाज ठप्प बनाउँदै आएका छन् । स्थानीयको संघर्षले फत्तेपुरमा सडक जाम समेत गरेका छन् । उदयपुरको बेल्टार, रामपुर बसाहा, हडिया लगायतबाट आउने सबारी साधन फत्तेपुरमै अलपत्र परेका छन ।
यता चैत १ गते दलिय प्रतिनीधिले संघीय मामिला तथा स्थानिय विकास मन्त्रालय पुुगेर ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापन पत्र बुझ्दै स्थानिय विकास मन्त्रीले यस्तो नहुनपर्ने, कसरी भयो भन्दै आश्र्चय व्यक्त गरेका थिए । उनले ‘सच्चाउने’ भने पछि संघर्ष समिति फर्किएको थियो । तर, सरकारले गाउँपालिका नै कायम गरि कार्यकारी अधिकृत नै तोकेर पठाएपछि कार्यालयमा तालाबन्दी गरि थप आन्दोलनका कार्यक्रम गर्नु परेको नेकपा एमाले जिल्ला कमिटि सल्लाहाकार समितिका सदस्य तथा संघर्ष समितिका संयोजक नारायण आचार्यले जानकारी दिनुभयो ।
नगरपालिकाको मापदण्ड पूरा भईसकेको अवस्थामा पुनः गाउँपालिकामा सिमिति गरेपछि सबै मिलेर कार्यालयमा तालाबन्दीसमेत गरिएको स्थानीय यूवा अगुवा खगेन्द्र कार्कीले बताउनुभयो । २०७१ सालमा फत्तेपुरलाई केन्द्र बनाएर सप्तकोशी नगरपालिका घोषणा गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ