News Category 2073/12/11
मलेठ घटना बारे बुझ्न संसदीय टोली सप्तरीमा सुरक्षाकर्मी गैरजिम्मेवार ः टोली संयोजक सांसद अहमद
दैनिक समाचारदाता
राजविराज, १० चैत ।
गत फागुन २३ गते नेकपा एमालेको मेचीमहाकाली अभियानका क्रममा सप्तरीको मलेठ गाविसमा प्रहरीले चलाएको गोलीबाट पाँच जनाको मृत्यु भएको घटना बारे बुझ्न बिहीबार संसदीय टोली सप्तरी आइपुगेको छ ।
ब्यस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार समिति अन्तरगत मलेठ घटनाबारे सत्यतथ्य बुझ्न गठित उपसमितिले घटनास्थल, स्थानियवासी, संचारकर्मी, अधिकारकर्मी, राजनैतिक दल, प्रशासन, मृतकका परिवारजन लगायतसँग घटना बारे जानकारी लिएको छ ।
उपसमितीका संयोजक कांग्रेस सांसद मोख्तार अहमदको संयोजकत्वमा गठित टोलीका सदस्यहरुमा एमालेका सांसद बसुन्धरा रोकाया, माओवादी केन्द्रका दुलारी हरिजन, राप्रपाका श्यामसुन्दर टिबडेवाल र फोरम लोकतान्त्रिकका उषा यादब रहनुभएको छ ।
संसदीय उपसमितिका संयोजक मोख्तार अहमदले घटनाको प्रारम्भिक जानकारी अनुसार सुरक्षाकर्मीका तर्फबाट ठूलो गल्ति भएको बताउनुभएको छ । प्रर्दशनकारीको भीड नियन्त्रणका सुरक्षाकर्मीले रबरको गोली, पानीको फोहोरा, घुँडु तल गोली चलाउने जस्ता विकल्प रहँदा रहँदै गोलीबाट मृत्यु भएका तथा घाइते भएकाहरुको प्रकृती हेर्दा सबैलाई घुँडा भन्दा माथी नै गोली लगेको कारणले सुरक्षाकर्मीहरुको पूर्णरुपले लापरवाही देखिएको उहाँले संचारकर्मीलाई जानकारी दिनुभयो ।
उहाँले घटनाका बेला उपस्थित केही प्रतयक्षदर्शी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, अधिकारकर्मी, संचारकर्मी, मधेशी मोर्चाका नेताहरुसँग पनि घटना सम्बन्धी जानकारी लिएको बताउनुभयो ।
सरकारले सप्तरी घटनाका लागि छानविन समिति बनाएपनि पदाधिकारी नतोकिएकाले चाँडै पदाधिकारी तोक्न, मृतकलाई सहिद घोषणा गर्न र मृतक परिवारलाई १० लाख क्षतिपुर्ती दिन पहल गर्ने जानकारी दिँदै जिल्लामा संकलन गरि बनाइने प्रतिवेदन उपसमितिले मूल समितिमा दिने र मलेठ घटनाका दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिने उल्लेख गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/02 जेनजी आन्दोलनका क्रममा सहिद भएकाहरुको सम्मानमा दिप प्रज्वलन
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ