News Category 2073/12/11
चैत २८ देखि बैशाख ६ सम्म लक्षचण्डी रुद्र महायज्ञ
दैनिक समाचारदाता
राजविराज, १० चैत ।
नेपालको प्रसिद्ध सप्तरीको छिन्नमस्ता सखडा शक्तिपिठमा मुलुकको शान्ति एवं मानवकल्याणका लागि अगामी चैत २८ गतेदेखि शुरु हुने श्री १००८ लक्षचण्डी रुद्र महायज्ञको तयारी तिव्र रुपमा भईरहेको छ ।
मन्दिरका पिठाधिश एवं महायज्ञका संयोजक महाकान्त ठाकुरले यज्ञस्थलमै बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी दिनुभएको हो ।
पिठाधिश ठाकुरले चैत्र १६ गतेदेखि हुने भनिएको महायज्ञ नेपालको वर्तमान राजनीति परिस्थिति र गत फागुन २३ गते जिल्लामा प्रहरीको गोली लागि पाँच जनाको मृत्यु भएको कारणले महायज्ञका आचार्य तथा ब्राह्मणहरुको आग्रहमा केही दिन पर सारि चैत २८ गते बैशाख ६ गतेसम्म आयोजना हुने जानकारी दिनुभयो ।
महायज्ञमा भारतको हरिद्धारका साथै चारै पिठका आचार्यहरु आउने तथा महायज्ञका लागि ४० हजार वर्गफिटको विशाल एवं भव्य यज्ञशाला निर्माण गरिएको छ । सो यज्ञाशालामा हवन कुण्ड रहेको छ । उक्त हवन कुण्डको राष्ट्रपति विद्यादवी भण्डारीले शिलान्यास गर्नुभएको थियो ।
करिब २१ करोड खर्च हुने सो महायज्ञ विश्वमै पाँचौं पटक हुन लागेको पीठाधिश ठाकुरको दाबी छ । महायज्ञको मण्डप तयार पार्न १ करोड २५ लाख रकम खर्च भइसकेको पिठाधिश ठाकुरले जानकारी दिँदै महायज्ञका लागि हालसम्म ४ करोड रकम खर्च भइसेकेको बताउनुभयो ।
यस्तै महायज्ञ अवधी भर प्रत्येक दिन करिब ७ हजार साधुसन्तको भोजनमा करिब २ करोड १३ लाख खर्च हुने अनुमान गरिएको बताउँदै हालसम्म सरकारको तर्फबाट कुनै सहयोग नभएको आरोप लगाउनुभयो ।
महायज्ञमा कलशयात्रा, दैनिक पुजाअर्चना, दुर्गा सप्तशक्ति पाठ, हवन, श्रीमद् भागवत एवं श्रीदेवी भागवत कथा, रासलीला, कलयुग अवतार दर्शन, मिथिला साहित्य तथा विभुति प्रतिमा प्रदर्शनी, बालउद्यान, मीनाबजार सहित मेलाको प्रबन्ध गरिएको छ । यस्तै महायज्ञमा ३ हजार ५ सय विद्धान पंंडित राखी पुजापाठ एवं हवन गरिने व्यवस्था मिलाईएको छ ।
यसअघि महायज्ञको प्रचार प्रसारका लागि गत असार ३० गतेबाट निस्केको माता छिन्नमस्ता सखडेश्वरी रथ नेपालको मेची महाकाली १ सय ८१ दिनको यात्रा सम्पन्न गरी हाल फागुन १४ गतेदेखि भारत बिहारको यात्रामा रहेको छ भने सो रथयात्र चैत १४ गते नेपाल फर्कीने जनाइएको छ ।
पीठाधिश ठाकुरले सप्तरी घटनामा मृत्यु भएका प्रत्येक व्यक्तिको आत्माको शान्तिका लागि हवन गरिने तथा छिन्नमस्ता शक्तिपीठले उनीहरुको बालबच्चाहरुको सम्पूर्ण पढाई निशुल्क पढाउने उद्घोषण गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/23 निर्वाचनबाट सहि नेतृत्व र सहि ब्यक्ती चयन हुनुपर्छ ः अध्यक्ष घिसिङ
- 2082/10/23 जिल्लामा आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको छ ः नेवि संघ
- 2082/10/23 पिएम कप प्रदेशस्तरीय छनोटमा महोत्तरी बिजयी
- 2082/10/22 चुनावको मुखमा आफूलाई बदनाम गर्न विभिन्न खाले षडयन्त्र रचिदै छ ः उम्मेदवार चौधरी
- 2082/10/22 पाठेघरको मुखको क्यान्सरबाट दैनिक चार महिलाको मृत्यु
- 2082/10/22 पिएम कप प्रदेशस्तरीय छनोटमा सिरहा विजयी
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ