News Category 2070/03/01

भारतीयले नेपाली नागरिकता बनाउ“दै गर्दा पक्राउ

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३१ जेठ ।
एक जना भारतीयलाई छोरा भनी नेपाली नागरिकता बनाउन लाग्दा सप्तरीको प्रसवनी गाविसबाट एक जना पक्राउ परेका छन् ।
प्रसवनी गाविस १ निवासी ४२ वर्षीय बहुरी सदाले भारतको बिहार राज्य अन्तरगत मधुवनी जिल्लास्थित बिक्रम शेर निवासी ३५ वर्षिय जोगेन्द्र सदालाई छोरा बनाएर नागरिकता बनाउँदै गर्दा प्रहरीले पक्राउ गरेको जनाकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पक्राउ परेका दुबै जनालाई सार्वजनिक गर्दै उक्त जानकारी दिइएको हो ।
यता पक्राउ परेका भारतीय नागरिक जोगेन्द्र सदाले आफू विगत १५ वर्षदेखी बहुरी सदासँग नेपालमै बसेर काम गर्दै आइरहेको दाबी गरेका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट