News Category 2070/07/05
जनज्योति सहकारीको साधारण सभा सम्पन्न
दैनिक संवाददाता
राजविराज ४ कात्तिक ।
सप्तरीको मलेठ गाविस २ मा रहेको जनज्योति कृषि सहकारी संस्थाको तेस्रो बार्षिक साधारण सभा सोमबार सम्पन्न गरेको छ ।
सो अवसरमा बोल्दै उद्योग मन्त्री तथा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सहकारीमार्फत नै मुलुकमा आर्थिक विकास गर्न सकिने बताउनुभयो ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले सहकारीको विकास गरी मुलुकमा आर्थिक क्रान्ति गरिनुपर्ने बताउनुभयो ।
संस्थाको स्थापना दिवसको अवसरमा रक्तदान गरेकाहरुलाई सो कार्यक्रममा प्रशंसा पत्र प्रदान गरिएको थियो ।
बस् जनज्योति कृषि सहकारी संस्थाका अध्यक्ष विश्वनाथ मण्डललको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शेयर सदस्यद्वय हरेकृष्णप्रसाद सिंह र ई. चन्देश्वर यादव, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, मनकामना बहुमुखी सहकारी संस्थाका प्रबन्धक कृपानन्द रोक्का, वरिष्ठ पशु चिकित्सक डा. काशीनाथ यादवलगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले संस्थाले एक करोड ६५ लाख रुपैयाँ ऋण प्रवाह गरेको बताए ।
हाल कूल १५ लाख ५० हजार चुक्ता पूँजी रहेको सो संस्थाले ५५ लाख ५५ हजार ७९० रुपैयाँ निक्षेप संकलन गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ